धनुषाः नयाँ वर्षमा रक्सी सेवन गरी मातेका १३ जना पक्राउ
साथीभाइ बीच कुटाकुट गरी घाइते भइ हिजो विभिन्न अस्पतालहरुमा सिट भन्दा बढी घाइते भर्ना रहेको बताए ।

२०७६ पुस १८ शुक्रबार, दिउँसो १२:१७ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । अँग्रेजी नयाँ वर्ष २०२० मनाउने क्रममा रक्सी, मादक पदार्थ खाएर मातेका १३ जना किशोर तथा युवाहरुलाई धनुषा प्रहरीले पक्राउ गरी अभिभावकलाई जिम्मा लगाएको छ ।
नयाँ वर्ष मनाउने क्रममा धनुषाको ईलाका प्रहरी कार्यलय यदुकूहाले विभिन्न स्थानबाट समातिएका १३ जना युवाहरूलाई अभिभावकको जिम्मामा छाडिएका हुन् । पक्राउ परेकाहरु मध्ये अधिकांशको उमेर १८÷२० वर्ष रहेका थिए अंग्रेजी वर्ष १ जनवरी मनाउने नाममा उनीहरू रक्सी खाएर एक आपसमा झैझगडा गरी रहेको अवस्थामा उनीहरूलाई ईलाका प्रहरी कार्यलय यदुकूहाले समातिएर ल्याएका थिए।
नयाँ वर्ष एक जनवरीका उत्सव मनाउने बहानामा रक्सी खाएर होहल्ला गर्ने एक आपसमा कुटाकुट गर्ने सम्भावना रहेकाले ईलाका प्रहरी यदुकूहाले बिहानै देखि गाउँहरुमा गस्ती टोलि पठाइएर सुरक्षा व्यवस्था कडा पारिएका थिए त्यसै क्रममा उनीहरूलाई समातिएका थिए ।
१ जनवरीका दिन नयाँ साल मनाउने नाममा अनावश्यक पैसा खर्चेर रक्सी खाने आफ्नै साथीहरू बीच झैझगडा गर्ने लोग्ने स्वास्नीमा झगडा गर्ने जस्ता विकृति विसंगति दिन प्रतिदिन बढ्दै गएको प्रहरी निरीक्षक (इन्चार्ज) दिपक बाबु केसी बताउँछन् ।
मादक पदार्थ सेवन गरी मोटरसाइकल ड्राइभ गरेकाले सडक दुर्घटनामा परी घाइते भएको संगै रक्सी खाएका साथीभाइ बीच कुटाकुट गरी घाइते भइ हिजो विभिन्न अस्पतालहरुमा सिट भन्दा बढी घाइते भर्ना रहेको बताए ।
अधिकांश युवाहरूको अभिभावक वैदेशिक रोजगारमा छन् उनीहरू अनेकन कामको नाममा घरबाट पैसा लिएर रक्सी र गाजामा खर्चिने गरेको बताए यस्ता कुलतमा फसेका युवाहरू माथि अभिभावकले विशेष निगरानी गर्नुपर्ने देखिएको छ ।
हामी कहाँ विभिन्न युवाहरू पर्वको नाममा उत्सव मनाउने बहानामा रक्सीले मातिएर समाजमा घटना घटाउने क्रम बढ्दै गएको छ यता तर्फ गम्भीर भएर सबैलाई सोच्नुपर्ने दिन आएको छ बेलैमा ध्यान दिएनन् भने स्थिति भयंवाह हुनसक्ने बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…