हिमालय युवा क्लवद्धारा चित्रकला प्रतियोगिता
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको हिमाली युवा क्लबद्धारा आज (विहिबार) बालबालिकाहरुमाझ चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ । सामाजिक, धार्मिक, सांस्कृतिक, शिक्षा, स्वास्थ्य, खेलकुद तथा सरसफाइ लगायतका क्षेत्रमा अगे्रणी भुमकिा खेल्दै आएको हिमाली युवा क्लबले चित्रकला प्रतियोगिता गरेको हो । धनुषाको मिथि

२०७६ पुस १७ बिहीबार, बेलुकी ५:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको हिमाली युवा क्लबद्धारा आज (विहिबार) बालबालिकाहरुमाझ चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ ।
सामाजिक, धार्मिक, सांस्कृतिक, शिक्षा, स्वास्थ्य, खेलकुद तथा सरसफाइ लगायतका क्षेत्रमा अगे्रणी भुमकिा खेल्दै आएको हिमाली युवा क्लबले चित्रकला प्रतियोगिता गरेको हो । धनुषाको मिथिला नगरपालिका वडा नं.२ नक्टाझिज स्थित रहेकोे हिमालय युवा क्लव नक्टाझिजको २९ औं र हिमालय बहु उद्येश्य सहकारी संस्था लिमिटेड नक्टाझिजको १४ औं साधारण सभाको अवसरमा सप्ताहिक कार्यक्रमको पाचौं दिन आज चित्रकला प्रतियोगिता श्री राम जानकी विद्या आश्रम नक्टाझिजको प्राङ्गणमा चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ ।
सो प्रतियोगितामा जनता मा.वि. नक्टाझिजको कृष्ण कुमार महतो प्रथम, दर्शनिया रामेश्वर सिंह कुशवाहा एकेडमीको सुजित कुमार महतो द्धितिय जनता मा.वि. नक्टाझिजकै मंजित कुमार महतो तृतीय र गँगोत्री ई.बो.स्कुल महेन्द्रनरको रंजिता कुमारी सिंह सान्त्वना स्थान हासिल गरेकी छिन् ।
सप्ताब्यापी कार्यक्रमको छठां दिन हाजिरीजवाफ प्रतियोगिता र अन्तिम सातौ दिन पुस १९ गते शनिवारको दिन क्लव भवनको प्राङ्गणमा रक्तदान कार्यक्रम , साँस्कृति कार्यक्रम ,अतिरित्त क्रियाकलापहरुमा प्रथम,द्वितिय र तृतिय स्थान प्राप्त गर्ने सहभागीहरुलाई पुरस्कार वितरण गरी साधारण सभा सम्पन्न गर्ने कार्यक्रम रहेको क्लवका अध्यक्ष अरुण कुमार महतोले बताएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…