चिकित्सक जनमत संघको सँयोजकमा 'डा. सिँह'
सँस्थालाई लोकतान्त्रिक तरिकाले चिकित्सकहरुको हकहित तथा स्वास्थ्य सेवाहरुलाई हिजो र आजभन्दा बढी प्रभावकारी बनाउने

२०७६ पुस १७ बिहीबार, बिहान ९:५८ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनमत पार्टीको विस्तार कार्यसँगै पेशागत मोर्चाको रुपमा चिकित्सक जनमत संघको केन्द्रीय तदर्थ समिति गठन गरिएको छ ।
डा. सिके राउत नेतृत्वको जनमत पार्टीको भातृ संगठनको रुपमा चिकित्स जनमत संघ गठन गरिएको हो । पार्टीको विधान २०७५ को दफा (४६) बमोजिम जनमत पार्टीको पेशागत मोर्चाको रुपमा सो समिति गठन गरिएको जनाइएको छ ।
डॉ एकानन्द सिंहको नेतृत्वमा चयन गरिएको जनमत चिकिसत्सक संघले चिकित्सकहरुको हकहितको लागि आफ्नो अग्रसरता बढाउने जनाइएको छ । जनताहरुमा सहज तरिकाबाट स्वास्थ्य सेवाहरु प्रदान गर्नमा अग्रगामी भूमिका निर्वाह गर्ने उप संयोजक डा. कुशवाहाले जानकारी दिनुभयो ।
देशबाट दिग्गज चिकित्सकहरु समेत पलायन हुने अवस्था सृजना भएको बताउँदै उहाँले सेकुरिटी, सर्भिस र पोष्ट ग्रेजुवेशनको व्यवस्थापन गर्नमा महत्पूर्ण भूमिका खेल्ने जनाउँदै संगठन निर्माण पूर्णरुपमा चाँडै टेरिटियरी तहको अस्पताल नभएको हुनाले त्यस क्षेत्रमा पनि संगठनले नेपाल मेडिकल एसोशिएन , नेपाल मेडिकल काउन्सिल जस्ता स्वास्थ्य क्षेत्रमा प्रमुख भूमिका निर्वाह गर्ने दाबी गर्नुभयो ।
सँस्थालाई लोकतान्त्रिक तरिकाले चिकित्सकहरुको हकहित तथा स्वास्थ्य सेवाहरुलाई हिजो र आजभन्दा बढी प्रभावकारी बनाउने उदेश्यले तदर्थ समिति गठन गरिएको जनाइएको छ । गठन गरिएको समितिहरुको नामाबली यस प्रकार छन् :
चिकित्सक जनमत संघ केन्द्रीय तदर्थ समिति
सल्लाहकार : प्रा डा परशुराम मिश्रा (महोत्तरी)
संयोजक : डॉ एकानन्द सिंह (सिरहा)
उप संयोजक : डॉ सुबन्त कुमार कुशवाहा (रौतहट) , डॉ बिनय पंजियार (धनुषा)
सदस्यहरु
डॉ अमित कुमार साह (पर्सा) ५. डॉ अरुण साह (बाँके) ६. डॉ अभिनाश देब (मोरंग) ७. डॉ विवेक कुमार झा (महोत्तरी) ८. डॉ विद्यानंद यादव (सिरहा) ९. डॉ बिकाश रौनियार (चितवन) १०. डॉ देव शंकर पासवान (रौतहट) ११. डॉ धिरेन्द्र कुमार सुधा (धनुषा) १२. डॉ गौतम साह (सर्लाही) १३. डॉ काजोल मेहता (सप्तरी) १४. डॉ लक्क्षेश्वर प्रधान (सिरहा) १५. डॉ मोहम्मद नसरुद्दीन रैन (धनुषा) १६. डॉ निरज साह (सिरहा) १७. डॉ प्रविण झा (काठमाडौँ) १८. डॉ रबिन्द्र नायक (मोरंग) १९. डॉ राजेश कुमार राय (सिरहा) २०. डॉ राज कुमार साह (रौतहट) २१. डॉ रोशन मिश्रा (सर्लाही) २२. डॉ सचिदानन्द यादव (सिरहा) २३. डॉ संजय कुमार साह (सिरहा) २४. डॉ संजय रौनियार (मोरंग) २५. डॉ संजय साह (झापा) २६. डॉ सन्तोष पटेल (रौतहट) २७. डॉ सिर्जना गुप्ता (मकवानपुर) २८. डॉ श्याम सिंह (सिरहा) २९. डॉ सिकन्दर कुमार महतो (धनुषा) ३०. डॉ सुनिल कुमार चौधरी (कपिलवस्तु) ३१. डॉ सूर्यनारायण यादव (धनुषा) लगायतका रहेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…