धनुषाका विद्यालयहरु यो हप्ताभरि बन्द रहने
निजी विद्यालयहरुमा पुस १४ गते सोमबारदेखि १६ गते बुधबारसम्म तीन दिनका लागि विदा दिइएको छ ।

२०७६ पुस १४ सोमबार, बिहान ९:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाका समुदायिक तथा सँस्थागत (बोर्डिंग स्कूल) हरु यो साताभरि बन्दको घोषणा गरिएको छ ।
विगत केही दिनदेखि निरन्तर बढदै गएको चिसोको कारण जिल्ला शिक्षा विकास तथा समन्वय इकाई समितिले यो साताभरि विद्यालय बन्दको आव्हान गरेको हो । चिसोका कारण बालबालिकाहरुको स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै आईतबार गरिएको निर्णय अनुसार आउँदो शुक्रबारसम्मको लागि विद्यालय बन्द गर्ने भएको छ ।
शितलहरसँगै अत्यधिक चिसोका कारण जनजीवन प्रभावित भएको तथा स साना बालबालिकाहरु चिसोमा विद्यालय जान नसक्ने अवस्था सृजना भएको भन्दै शुक्रबार अर्थात पुस १८ गतेसम्म समुदायिक विद्यालय (सरकारी स्कूल) हरु बन्दको निर्णय गरिएको हो । जिल्ला शिक्षा समन्वय ईकाई धनुषाका प्रमुख बरखु प्रसाद रजकले मौसमलाई मध्यनजर गर्दै विद्यालय छुट्टी गरिएको जानकारी दिनुभयो ।
यता, नीजी विद्यालयहरुको छाता सँगठन एन–प्याबसन धनुषाले समेत विदाको घोषणा गरेको छ । त्यस्तै धनुषामा रहेको निजी विद्यालयहरुमा ३ दिनका लागि विदा दिने निर्णय भएको एन–प्याबसन धनुषाका अध्यक्ष सुजित कुमार मिश्रले जानकारी दिनुभयो । ३ दिनको मात्र विदा घोषणा गरेपछि अलमलता देखिएको छ । मौसम निजी तथा समुदायिक विद्यालय नचिन्ने भएपछि एकैखालको विदा दिनुपर्ने जिकीर समेत गरिएको छ ।
निजी विद्यालयहरुमा पुस १४ गते सोमबारदेखि १६ गते बुधबारसम्म तीन दिनका लागि विदा दिइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…