पार्टीगत पत्रकारले चरित्र हत्या गर्ने प्रयास गरयो : मेयर बरबरिया
जस्तो सुकै कुरामा पनि नगर प्रमुखको नाम जोडेर रमाउनुभन्दा पनि यथार्थ बुझेर मात्र समाचार लेख्न आग्रह गर्नुभएको छ ।

२०७६ पुस १३ आइतबार, राति ८:३१ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) ले पार्टीगत पत्रकारहरुले आफ्नो चरित्र हत्या गर्न खोजेको आरोप लगाउनुभएको छ ।
विगत केही दिनदेखि समाजिक सञ्जालहरुमा शहिदनगर नगरपालिका वडा नं. ६ मा गैर कानुनी रुपमा रुख कटान गरी बेचबिखन गर्न लागेको तथ्यहरु आएकोले त्यसमा नगर प्रमूखको समेत सँलग्नता रहेको आरोप लगाएपछि मेयर बरबरियाले एक प्रेस विज्ञप्ति जारी गर्दै त्यसलाई खण्डन गर्नुभएको छ । नगर प्रमुखको हैसियतले कुनै प्रकारको सँलग्नता नरहेपनि फेसबुक, अनलाईनहरुमा पूर्वाग्रह रुपमा दुश्प्रचार गरेको भन्दै आपत्ति प्रकट गर्नुभएको छ ।
आईतबार जारी गरिएको प्रेस विज्ञप्तिमा – “वडा नं. ६ को बरकी पोखरी डिलमा रहेको मसला (सपेता) का रुखहरु काटेर मेयर बरबरिया र वडाध्यक्षको सँलग्नतामा विक्री वितरण गरेको भनेर आएको समाचारहरु निराधार रहेको स्पष्ट पार्न चाहन्छु । रुख कटानी भईरहेको जानकारीका साथै नगरको न्यायिक समितिमा उजुरी आएपछि मलाई थाहा भएको जानकारी गराउन चाहन्छु । रुख कटानीको बारेमा जानकारी पाएलगत्तै त्यहाँको रुख कटानी कार्य रोकिएको छ । तर, पूर्वाग्रह, व्यक्तिगत रिसबी, पार्टीगत रिसबीले गर्दा मेरो नामसँग जोडेर समाचार प्रकाशन प्रकाशित गरेकोप्रति आपत्ति प्रकट गर्दछु ।” उल्लेख गरिएको छ ।

जस्तो सुकै कुरामा पनि नगर प्रमुखको नाम जोडेर रमाउनुभन्दा पनि यथार्थ बुझेर मात्र समाचार लेख्न आग्रह गर्नुभएको छ । विना प्रमाण, विना आधार र कसैले मौखिक भनेकै आधारमा निराधार आरोप लगाएर चरित्र हत्या नगर्न समेत आग्रह विज्ञप्ति मार्फत गर्नुभएको हो ।
“राजनीतिक दलका नेता, कार्यकर्ताले जहिले पनि विपक्षीको मिथ्या आरोसम्म लगाउने कार्य साधारण भएको कुरा सर्वविदितै छ, त्यसकै आडमा सँचारकर्मीहरुले समेत यस्ता कुराहरुमा ध्यान नै नदिइकन मिथ्या, निराधार, विना प्रमाणकै भरमा समाचार सम्प्रेषण गर्नु पत्रकार र मिडियाको दर्जा झल्काएको बुझन सकिन्छ । साथै, रुख कटानीको बारेमा जानकारी भएलगत्तै तत्कालै रुख कटानी रोक्का गरेको जानकारी गराउन चाहन्छु । न्यायिक समितिमा मुद्दा परेकोले त्यस उपर प्रक्रियागत रुपमा निर्णय हुने तथा दोषीलाई कारवाहीको प्रतिवद्धता समेत जनाउँदछु ।”– प्रेस विज्ञिप्तमा उल्लेख गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…