१६ लाख बराबरको कस्टमेटिक समान पक्राउ
सवारी तथा चालकलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान विभाग पथलैयामा बुझाएको छ ।

२०७६ पुस ९ बुधबार, बेलुकी ७:३५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । प्रदेश नं. २ का प्रहरीले भारी मूल्य बराबरको कस्टमेटिक समान पक्राउ गरेको छ । राजस्व छली गरी करिब १६ लाख मूल्य बराबरको कस्टमेटिक समान पक्रउ गरिएको हो ।
पर्सा जिल्लाको छिपहरमाई गाँउपालिका वडा नं. ४ तुलसीवर्वा हुदै राजश्व छली तथा चोरी निकासी गरी भारत तर्फ लैजाँद गरेको अवस्थामा पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले ना १ क २९१८ नम्बरको पिकअप गाडीमा लगायतका समानहरु बरामद गरेको हो ।
उक्त सरसमानहरु अन्दाजी १६ लाख बराबरको रहेको जनाइएको छ । सामानहरु लैजादै गरेको बिशेष सुचनाको अधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ । यसका साथै चालक जिल्ला पर्सा बीरगंज महानगरपालिका वडा नं. २६ सुगौलीबिर्ता बस्ने अफिज देवानको छोरा वर्ष ३५ को एजाज देवानलाई समेत पक्राउ गरिएको हो ।
सवारी तथा चालकलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान विभाग पथलैयामा बुझाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…