धनुषामा जेठाजुद्धारा खुकुरी प्रहार गरी बुहारीको हत्या !
श्रीमान वैदेशिक रोजगारमा बिदेश रहेको प्रहरीले जनाएको छ ।

२०७६ पुस ९ बुधबार, बेलुकी ५:०८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा एकै परिवारमा बस्ने आफ्नै जेठाजु (भैँसुर) ले बुहारी (भाबो) उपर खुकुरी प्रहार गरी हत्या गरेका छन् ।
धनुषाको मिथिला नगरपालिका वडा नं. ३ बडहरीमा जेठाजुले खुकुरी प्रहरी गरि आफ्नै बुहारीलाई गम्भिर घाइते बनाएका छ्न् । स्थानीय श्रीप्रसाद पँजियारले आफ्नै बुहारी अन्दाजी वर्ष २८ की रानी देवि पंजियारलाई हत्या गरेको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।
घरेलु विवाद हुँदा रानीको टाउको पछाडी ३ पटक खुकुरी प्रहार गरेपछि गम्भिर घाईते भएकी उनलाई उपचारको लागि जनकपुर अञ्चल अस्पतालमा ल्याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि उनको थप उपचारको लागि विराटनगर न्यूरो हस्पिटल उपचारको लागि रिफर गर्दा विराटनगर लैजाँदै गर्दा बाटोमै मृत्यू भएको प्रहरीले जनाएको छ ।
मृत्यू अघि रानीले प्रहरीलाई दिएको बयान अनुसार उनको जेठाजुले उनलाई विवाद हुँदा खुकुरी प्रहार गरेको हो । यद्यपी यसबारे अनुसन्धान जारी राखेको तथा घटनास्थलमा खुकुरी, त्यसको दाम भने फेला परेको प्रहरीले जनाएको छ । खुकुरी प्रहार श्रीप्रसादले नै गरेको भनेर पुष्टि नभएको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी नीरिक्षक राम कुमार यादवले जानकारी दिनुभयो ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. २१ घर भई रानीको विहे भने मिथिला नपा ३ बडहरीमा भएको थियो । श्रीमान वैदेशिक रोजगारमा बिदेश रहेको प्रहरीले जनाएको छ । यता, खुकुरी प्रहार गर्ने श्रीप्रसाद भने फरार रहेका छन् भने उनको खोजी ढल्केवर प्रहरीले तीव्र पारेको जनाईएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…