धनुषामा खुट्टा चिप्लेर अचानक युवकको मृत्यु, गाउँ नै शोकमा डुब्यो
ईलेक्ट्रीसियनको काम गर्दै आएका संजीव भर्खरै एक वष अगाडि विवाह गरेका थिए ।

२०७६ पुस ९ बुधबार, बिहान ९:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । धनुषामा एक युवकको अचानक मृत्यु हुँदा सिंगो गाउँ नै शोकमा डुबेको छ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ८ दिगम्बरपुरका कपलेश्वर महतोका २२ वर्षीय छोरा संजीव कुमार महतोको खुट्टा चिप्लेर मृत्यु भएको हो । मंगलबार पसलबाट घर जाने क्रममा दिगम्बरपुर चोकमै खुट्टा चिप्लिदा भुइँमा लडेपछि टाउकोको पछाडी पट्टी गम्भीर चोट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ईलेक्ट्रीसियनको काम गर्दै आएका संजीव भर्खरै एक वष अगाडि विवाह गरेका थिए । उनको अचानक र असामयिक निधनले सिंगो गाउँलाई नै शोकमय बनाएको भावुक हुँदै क्षीरेश्वरनाथ नगरपालिका ८ का वडाध्यक्ष अशेश्वर महतोले सुनाए । संजीवप्रति वडाध्यक्ष महतोले श्रद्धाञ्जली अर्पन गर्दै समवेदना प्रकट गरे ।
मृतक संजीवको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…