मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउन मेरो आन्दोलन जारी छ : उपेन्द्र यादव
उनले विगतमा एक भाषाका कारण नेपालका सबै मातृभाषाको संरक्षणामा समस्या उत्पन्न भएको धारणा व्यक्त गरे ।

२०७६ पुस ७ सोमबार, दिउँसो २:४३ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, विराटनगर । नेपाल सरकारका उपप्रधान, कानून न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले मैथिली भाषा नेपालको प्राचीन रुपमा बोलीचालीको भाषा भएको बताएका छन् ।
मैथिली एशोसिएशन नेपालद्वारा आइतबार विराटनगर आयोजित १७औँ अन्तरराष्ट्रिय मैथिली साहित्यिक, संस्कृतिक, सामाजिक समृद्ध उत्सवको दुई दिने सम्मेलनको उद्घाटन गर्दै उनले मैथिलीलाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गरेमा मात्र यसको संरक्षण हुने विचार व्यक्त गरे । उनले विगतमा एक भाषाका कारण नेपालका सबै मातृभाषाको संरक्षणामा समस्या उत्पन्न भएको धारणा व्यक्त गरे ।
मिथिलाञ्चाल क्षेत्रमा मातृभाषामा शिक्षा, रोजगारी र सरकारी कामकाजको भाषाका रुपमा मैथिली प्रयोग गरेमा यसलाई जनस्तरमा पु¥याउन सकिने उनले तर्क गरे । उपप्रधानमन्त्री यादवले मैथिली भाषालाई सरकारी कामकाजको भाषाको बनाउन लागि आफ्नो आन्दोलन जारी रहेको बताउँदै मुलुकमा दोस्रो ठूलो भाषाको रुपमा रहेपनि यसको मातृ भाषामा विद्यालयलगायत उच्च शिक्षामा अध्ययन गरेमा मात्र संरक्षण गर्न सकिने बताए ।
यस्तै, प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश मण्डलले भाषालाई सत्तासँग जोडेमा मात्र रोटी र कामकाजको रुपमा स्थापित हुने धारणा व्यक्त गरे । भारतका पूर्वमन्त्री रामलखन रमणले नेपालका एफएम रेडियोबाट प्रशारण हुने मैथिली भाषाको कार्यक्रमबाट यसलाई जनजनमा पु¥याउनु ठूलो सहयोग पु¥याएकोमा खुशी व्यक्त गर्दै मैथिली भाषीले आफ्नो घरपरिवारमा यसको प्रयोग अनिवार्य गर्नुपर्नेमा जोड दिए ।
एशोसियशनका अध्यक्ष प्रवीणनारायण चौधरी, मधेशी आयोगका अध्यक्ष विजयदत्त, साहित्यकार रामभरोष कापैड, अर्थ्विद् राजकिशोर, तेजलाल कर्ण र पङ्कज बर्माले नेपालमा दोस्रो ठूलो भाषाको रुपमा रहेको मैथिली सङ्कटमा परेकाले यसको जर्गेनाका लागि सबैको योगदान आवश्यक रहेको बताए ।
सम्मेलनमा नेपाल, भारत, खाडीमुलुक, अमेरिका, मरिसशलगायतका मुलुकका ३०० साहित्यककार, भाषाविज्ञ, कलाकारलगायतको प्रतिनिधित्व रहेको छ । सो अवसरमा उपप्रधानमन्त्री यादवले मैथिली उद्योगपति, साहित्यकार, चिकित्सक, कलाकार, समाजसेवीलाई ‘मैथिली रत्न’बाट सम्मानित गर्नुका साथै मैथिली क्यालेण्डर र सम्मेलन पुस्तकको विमोचन गरेका थिए ।
कार्यकक्रममा मैथिली भाषाका गीत र नृत्य प्रस्तुत गरिएको थियो । सम्मेलनस्थल हाटखोलामा चित्रकला, विज्ञान प्रदर्शनी, खाद्य परिकार, चिकित्सक सामग्रीलगायतका विभिन्न २० वटा व्यापारिक कक्ष राखिएका छन् । मैथिलि सम्मेलन आज सम्पन्न हुनेछ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…