प्रदेश २ : सेनाद्धारा ३४ हजार बढी विरामीको जाँच, ६० लाखको औषधी निःशूल्क
जसमध्ये ३ सय २९ जनाको शल्यक्रिया समेत गरिएको छ ।

२०७६ पुस ६ आइतबार, बेलुकी ६:३६ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को महोत्तरीमा चलेको १० दिने निःशुल्क स्वास्थ्य शिविरको क्रममा ३४ हजार बढी सर्वसाधारणलाई निःशूल्क जाँच (फ्रि चेकअप) गरिएको छ ।
नेपाली सेनाद्धारा महोत्तरीको सोनमा गाउँपालिका वडा नं. ३ खखनामा आयोजना गरेको १० दिने स्वास्थ्य शिविरको क्रममा धनुषा, महोत्तरी र सर्लाहीका ३४ हजार बढी सर्वसाधारणले निःशूल्क सेवा लिएका हुन् । नेपाली सेनोको यो कार्यलाई प्रदेश सरकारले समेत सराहना गरेको छ ।
सोही क्रममा प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबु राउतले नेपाली सेनाद्वारा आयोजित १० दिवसीय वृहत्त स्वास्थ्य शिविरको समापन गर्नु भएको छ । उक्त अवसरमा मुख्यमन्त्री राउतले नेपाली सेनाले विपदका साथै स्वास्थ्य जाँचमा समेत तदारुकता देखाई यस प्रदेशका आम जनतालाई सेवा प्रदान गरेकामा नेपाली सेनाको टोलीलाई धन्यवाद दिनु हुँदै यसले सेना र नागरिक विचको सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गर्नु भयो ।

१० दिने निःशूल्क स्वास्थ्य शिविरको समापन समारोहमा प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबू राउत (उभिनुभएको)
विगतमा बारा पर्सामा आएको टोर्नाडोका पीडित परिवारको लागि घर निर्माणमा खेलेको भूमिका अविस्मरणीय रहेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले अगामी दिनमा समेत प्रदेश २को सरकार यस्तै सहयोग र सहकार्यको अपेक्षा राखेको बताउनु भयो ।
महोत्तरी क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य एवं निवर्तमान स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवको अध्यक्षतामा भएको उक्त समापन समारोहमा मुख्यमन्त्री राउतले शिविरमा खटिएका सेनाका डाक्टर सहितको टोली तथा स्थानीय सहयोगीहरुलाई गमछा ओढाई सम्मान समेत गर्नु भएको थियो ।

१० दिने निःशूल्क स्वास्थ्य शिविरमा चेकजाँच गराएका सर्वसाधारणको विवरण

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…