रतियादेवीको हत्यारा प्रहरी हिरासतमा
जनकपुरधाम, पुस २४ । जनकपुरमा एक महिलालाई हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गत शुक्रबार राति जनकपुरको रमानन्दचोकमा महोत्तरीको लोहारपट्टी नगरपालिका ९ की ५२ वर्षकी रतिया देवीको हत्या गरेको आरोपमा प्रहरीले सिन्धुली घरभई हाल जनकपुरमा अटो रिक्सा चलाएर फुटपाथमा बस्दै आएका २५ वर्षका गणे

२०७४ पुस २४ सोमबार, राति ८:१७ बजे२ मिनेट पढाइ

जनकपुरधाम, पुस २४ । जनकपुरमा एक महिलालाई हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
गत शुक्रबार राति जनकपुरको रमानन्दचोकमा महोत्तरीको लोहारपट्टी नगरपालिका ९ की ५२ वर्षकी रतिया देवीको हत्या गरेको आरोपमा प्रहरीले सिन्धुली घरभई हाल जनकपुरमा अटो रिक्सा चलाएर फुटपाथमा बस्दै आएका २५ वर्षका गणेशकुमार खड्कालाई पक्राउ गरेको हो ।
महोत्तरीको लोहारपट्टी नगरपालिका वडा नं। ९ का वडाध्यक्ष जमुना यादवका श्रीमती रतियाको शव शंकास्पद अवस्थामा शनिवार विहान जनकपुरको रामानन्दचोकमा रोकेर राखिएको ना ४ ख ७८७४ नम्बरको बसको तल भेटिएको थियो ।
रतियादेवी आफ्नी छोरी र ज्वाईसित बसेर जनकपुरको रमानन्दचोकमा तरकारी बेच्ने गरेकी थिइन् । उनको शव फेला परेकै स्थानमा सानो तरकारी बजार लाग्ने गरेको छ ।
जहाँ रतियाले तरकारी बेच्ने गरेकी थिइन् । गणेशले पनि अटो रिक्सा र कुल्लीको काम गरेर त्यहि स्थानको फुटपाथमा रात गुजार्ने हुँदा दुवै जनाको चिनजान थियो ।
रतियाको मृत्यु भएको हो भनेर गणेशले उनकी छोरी रिना यादवलाई शुक्रबार विहान ५ बजे डेरामा पुगेर जानकारी दिन गएका थिए ।
त्यसपछि प्रहरीले शंकाको अधारमा गणेशलाई सोधपुछका लागि पक्राउ गरेको थियो ।
यसरी भयोे रतियादेवीको हत्याः
प्रहरीका अनुसार शुक्रबार राति ९ बजे अभियुक्त गणेश मादक पदार्थ सेवन गरि तरकारी बजार नजिक रोकेर राखेको ना ५ ख ६७४ नम्बरको रघुकुल डिलक्स बसमा भित्रबाट ढोकाको चुकु लगाएर बसिरहेका थिए । रतियादेवीले बसमा बसेका गणेशलाई ढोका खोल्न भन्दा नखोलेपछि गालीगलौज गरेकी थिइन् ।
त्यसपछि गणेशले बसको ढोका खोली रिसको झोकमा रतियादेवीको घाँटी थिचेर तल फालिदिए । पछि रतियादेवीको मृत्यु भएको गणेशलाई अभाष भएपछि शवलाई पछाडिमा रोकेर राखिएको ना ४ ख ७८७४ नम्बरको बस पछाडि तल फालेका थिए ।
र विहान ५ बज्नासाथ गणेशले आफु चोखिन नजिकै डेरा लिएर बसेकी मृतक रतियादेवीकी छोरी रिना यादवलाई जानकारी दिन गएका थिए । प्रहरीले उनलाई तत्कालै नियन्त्रणमा लिएर अनुसन्धान गर्दा खड्काले नै रतियाको हत्या गरेको पुष्टि भएको धनुषाका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले पत्रकार सम्मेलन गरि जानकारी गराउनुभएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…