जनकपुरको अन्नपूर्ण स्कूलबस मोटरसाईकल जोगाउन खोज्दा...
स्कूल बसमा करिब दुई दर्जन बालबालिकाहरु सवार थिए ।

२०७६ पुस ६ आइतबार, बेलुकी ५:०८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको अन्नपूर्ण आवासीय विद्यालयको स्कूल बसले मोटरसाईकल जोगाउन खोज्दा केही विद्यार्थीलाई समान्य चोट लागेको बताइएको छ ।
जनकपुरबाट कक्षा समाप्त भएपछि विद्यार्थी पुरयाउन महेन्द्रनगर जाँदै गरेको अन्नपूर्ण स्कूलकको ना १ क ४८११ नम्बरको विद्यार्थी बोकेको बस समान्य दुर्घटना हुँदा केही विद्यार्थीलाई समान्य चोट लागेको बताइएको छ । जनकपुरबाट महेन्द्रनगर जाँदै गरेको उक्त स्कूल बस क्षीरेश्वरनाथ नगरपालिकाको रमदैया भवाडी नजिकै समान्य दुर्घटनामा परेको हो ।
महेन्द्रनगरबाट तीव्र गतिमा आईरहेको मोटरसाईकल तथा जनकपुरबाट पनि तीव्र गतिमा गईरहेको स्कूल बसले मोटरसाईकललाई जोगाउन खोज्दा सडक बाहिर गएर अडकिएको हो । स्कूल बस चालक प्रकाश पासवानले विपरित दिशातर्फबाट आईरहेको मोटरसाईकललाई दुर्घटना हुनबाट जोगाउन खोज्दा बस सडकबाट तल झरेको बताएका छन् ।
स्कूल बसमा करिब दुई दर्जन बालबालिकाहरु सवार थिए । मोटरसाईकल जोगाउन खोज्दा लगाएको अचानक ब्रेकपछि केही विद्यार्थीलाई समान्य चोटपटक लागेको जनाइएको छ । सडक फराकिलो भएको तथा चालकले समयमै ब्रेक लगाउँदा ठुलो दुर्घटना हुनबाट जोगिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…