आज वर्षकै छोटो दिन, अत्यधिक चिसो सुरु भइसकेको संकेत
न्यूज ब्यूरो, जनकपुरधाम । हरेक वर्ष डिसेम्बर २१ तारिखलाई वर्षकै छोटो दिनको रुपमा लिने गरिन्छ । तर, पछिल्लो चार वर्षमा यसपटक भने वर्षको छोटो दिन डिसेम्बर २२ तारिख अर्थात् आज परेको छ । केही विशेष र दुर्लभ अवस्थामा डिसेम्बर २० देखि २३ सम्म यो दिन पर्न सक्ने बताइएको छ । वर्षको सबैभन्द छोटो दिनलाई विन्टर

२०७६ पुस ६ आइतबार, बिहान १०:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । हरेक वर्ष डिसेम्बर २१ तारिखलाई वर्षकै छोटो दिनको रुपमा लिने गरिन्छ । तर, पछिल्लो चार वर्षमा यसपटक भने वर्षको छोटो दिन डिसेम्बर २२ तारिख अर्थात् आज परेको छ ।
केही विशेष र दुर्लभ अवस्थामा डिसेम्बर २० देखि २३ सम्म यो दिन पर्न सक्ने बताइएको छ । वर्षको सबैभन्द छोटो दिनलाई विन्टर सोल्सटाइस भनिन्छ । जेठ–असारपछि दिन छोटो र रात लामो हुन थाल्छ । यसको अर्थ यो हो कि अब दिन लामो हुन सुरु हुन्छ ।
साथै, यसले अत्यधिक चिसो सुरु भइसकेको संकेत पनि दिन्छ । विन्टर सोल्सटाइसले उत्तरी गोलार्धमा सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात इंगित गर्छ । यस्तै, यसको विपरित दक्षिणी गोलार्धका लागि यो सबैभन्दा लामो दिन र सबैभन्दा छोटो रात हो ।
सोल्सटाइस शब्द एक ल्याटिन भाषाबाट लिइएको शब्द हो जसको अर्थ हो ‘अहिले सूर्य स्थिर छ’ । सोल्सटाइसका बेला सूर्यले उत्तर वा दक्षिणतर्फ आफ्नो दिशा परिवर्तन गर्नुअघि यो केही समयका लागि रोकिने बताइन्छ । यो एक खगोलीय घटना हो । थुप्रै देशमा यसलाई उत्सवको रुपमा पनि मनाइन्छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…