जनकपुर अञ्चल अस्पतालका २ डाक्टरलाई जेल !
पीडित पक्षले दिएको जाहेरीमा ८ भदौ राति पौने ११ बजे बालिकालाई २३ वर्षीय स्थानीय रामकरण खत्वेले जबर्जस्ती करणी गरेको उल्लेख थियो ।

२०७६ पुस २ बुधबार, राति ८:०० बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुर अञ्चल अस्पताल जनकपुरका दुई डाक्टरलाई जेलको सजाय सुनाइएको छ ।
बलात्कार मुद्दामा गत भदौ ८ गतेमा अञ्चल अस्पतालमा गराएको स्वास्थ्य परीक्षणपछि जनकपुर अञ्चल अस्पतालमा कार्यरत (हाल निलम्बीत) डा. विजय कुमार सिँह र डा. रम्भा गोईतले बालिका बलात्कारको झुठो रिपोर्ट बनाएको आरोपलाई अदालतले सदर गर्दै दोषी ठहर गरेको हो ।
विशेष अदालत काठमान्डौंका न्यायाधीशहरु कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको इजलासले उनीहरुलाई दोषी ठहर गरेको हो। उनीहरुलाई जनही ६ महिना कैद र २५ हजार जरिवाना गर्ने फैसला गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी अस्पतालमा कार्यरत रहेका उनीहरुले अधिकारको दुरुपयोग गरी भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको थियो।
.jpg)
गएको ८ भदौमा धनुषाको जनकनन्दनी गाउँपालिका–२ बल्हागोठमा १२ वर्षीया बालिका बलात्कृत भएकोमा भोलिपल्ट बिहानै जनकपुर अञ्चल अस्पताल पुर्याइएकी बालिकाको चिकित्सकद्वय विजयकुमार सिंह र रम्भा गोइतले स्वास्थ्य परीक्षण गरे । शारीरिक परीक्षण प्रतिवेदनमा पीडित बालिकाको यौनाङ्ग ‘नर्मल’ रहेको अर्थात् बलात्कार नभएको उल्लेख गरेका थिए ।
अञ्चल अस्पतालको प्रतिवेदनमाथि विश्वास नलागेर घटना भएको १६ दिनपछि बालिकालाई २४ भदौमा जिल्ला अस्पताल सिरहा लगियो । त्यहाँका चिकित्सक राकेशकुमार सिंहको परीक्षण प्रतिवेदनमा ‘हाइमन रप्चर’ (योनिच्छेद च्यातिएको) भएको, गाला र ओठमा घाउ देखिएको तथा वीर्य कोष फेला परेको उल्लेख छ ।
यसरी जनकपुर अञ्चल अस्पतालको प्रतिवेदन उल्टाउने गरी सिरहा अस्पतालबाट फरक परीक्षण प्रतिवेदन आएपछि अञ्चल अस्पतालका डा. सिंह र डा. गोइतको लापरवाही उदांगिएपछि मुद्दा परेको थियो । ९ भदौमा गरिएको स्वास्थ्य परीक्षणको प्रतिवेदन अञ्चल अस्पतालले ११ दिनपछि गत २० भदौमा मात्र जिल्ला प्रहरी कार्यालय, धनुषालाई बुझाएको थियो ।
माथिको तस्विरमा पहिलो तस्विरमा डा. रम्भा गोईत र डा. विजय सिँहले बनाएको रिर्पोट तथा तल सिरहा अस्पतालका डा. राजेश कुमार सिँहले बनाएको रिपोर्ट ।
पीडित पक्षले दिएको जाहेरीमा ८ भदौ राति पौने ११ बजे बालिकालाई २३ वर्षीय स्थानीय रामकरण खत्वेले जबर्जस्ती करणी गरेको उल्लेख थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…