अन्ततः २ सिटको लागि राजपा र नेकपाको गठबन्धन
यसका साथै, दुवै पार्टीबीच अब निरन्तर रुपमा सहकार्य र वार्ता हुने समेत उल्लेख गरिएको हो ।

२०७६ पुस २ बुधबार, बेलुकी ७:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) ले अन्ततः गठबन्धन गरेको छ ।
संघीय समाजवादी पार्टी नेपालसँग गठबन्धन गर्ने हल्ला चलेको बेला राजपाले प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपासँग गठबन्धन गरेको हो । आगामी माघ ९ गते सम्पन्न हुने राष्ट्रिय सभा निर्वाचनको लागि राजपालाई २ वटा सिट दिने सहमति गरेपछि गठबन्धन भएको हो ।
आज (बुधबार) प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्ताबाट गठबन्धन गर्ने सहमति भएको हो । प्रदेश नं. २ को राष्ट्रियसभा निर्वाचनका लागि रिक्त हुने ४ स्थानमध्ये अन्य पुरुष समूह र अपाँगता भएका व्यक्ति वा अल्पसँख्यक समूहको रिक्त दुई स्थानमा राजपा पार्टीका उम्मेदवारलाई नेकपाले सहयोग गर्ने समहति भएको हो ।

राजपाबाट ६ वटै अध्यक्ष सहित नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली (प्रधानमन्त्री समेत), प्रचण्ड, उपप्रधानमन्त्री ईश्वर पोखरेल, सँसदीय दलका उपनेता सुवास चन्द्र नेम्वाँग र नेकपा महासचिव विष्णु प्रसाद पौडेलको उपस्थितिमा सहमति भएको हो । सहमति पत्रमा भने राजपाका वर्तमान सँयोजक राजेन्द्र महतो, नेकपाका केपी शर्मा ओली र प्रचण्डले हस्ताक्षर गर्नुभएको हो ।
यसका साथै, दुवै पार्टीबीच अब निरन्तर रुपमा सहकार्य र वार्ता हुने समेत उल्लेख गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…