सेनाको स्वास्थ्य शिविरमा लक्ष्य बढीको उपचार हुँदै, डाक्टर र समय थप
शिविरमा हुने मुख्य शल्यकृया सवै जलेश्वर अस्पतालमा गरिदै छ ।
२०७६ पुस १ मंगलबार, बिहान ९:२२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, बर्दिवास । महोत्तरीमा जारी नेपाली सेनाको बृहत् स्वास्थ्य शिविरमा लक्ष्यभन्दा बढी विरामीको उपचार गर्ने भएपछि चिकित्सक र समय समेत थप गरिएको छ ।
महोत्तरी जिल्लाको सोनमा गाउँपालिका वडा नं. ३ मा रहेको उच्च माध्यमिक विद्यालय खखनाको प्रांगणमा शुक्रवार देखि सुरु भएको छ, तर बृहत् स्वास्थ्य शिविरमा लक्ष्य भन्दा बढीको उपचार भइरहेको छ । दश दिनसम्म चल्ने उक्त शिविरको पहिलो दिन १ हजार ६ सय ९९ जनाले उपचार गराएको थियो।
त्यस्तै, मंसिर २८ गते २ हजार ८१ जनाको उपचार गरिएको थियो भने २९ गते २ हजार २ सय ७ र ३० गते २ हजार ५ सय ५१ जना बिरामीले उपचार गराएका थिए। बिहान ८ बजे बाट टिकट काट्न सुरु हुदा बिरामीहरु ६ बजे देखि नै लाइन बसेको हुन्छ। एक्कासी मौसममा परिवर्तन भए पनि बिरामीहरु घण्टौ कुरेर उपचार गराइ रहेको छ।
टाढा–टाढा बाट बिरामीहरु आइरहेको कारण शिविरमा डाक्टर र समय थपिएको छ। बिहान ८ बजे भनिएकोमा बिरमीको चाप देखेर अहिले ७ बजे बाट सुरु गरिएको हो । १० दिनमा २० हजार बिरामी लाई उपचार गर्ने लक्ष्य लिएकोमा अब ३० हजार बिरामीको उपचार हुनसक्ने अनुमान गरिएको सोनमा गाउँपालिकाका प्रवाक्ता अशोक कुमार यादवले बताउनुभयो ।
सोमबार महोत्तरीको सोनमा गाउँपालिका– ३ को खखनामा आयोजित निःशुल्क बृहत् स्वास्थ्य शिविरको अनुगमनको क्रममा पत्रकारसँग कुराकानी गर्नुहुँदै महारथी पूर्णचन्द्र थापाले भनुभयो - "हरेक परिस्थितिसँग सामना गर्नका लागि नेपाली सेना देशका हरेक भूभागमा खटिनका लागि तयार रहेको धारणा राख्नुभएको हो।
नेपाली सेनाका महारथी ले देशलाई आवश्यक परेको खण्डमा नेपाली सेना हरेक भूमिका निर्वाह गर्न तयार रहेको बताउनुभएको छ । विगतको समयमा नेपाली सेनाले देशको रक्षाका लागि अहम् भूमिका निर्वाह गरेको चर्चा गर्नुहुँदै महारथी थापाले हरेक पक्षले सकारात्मक सहयोग गरे नेपाली सेनाले पालिकामा गएर रंगशाला पनि निर्माण गर्ने बताउनुभयो ।
त्यही अवसरमा स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले महारथी थापालाई मायाको चिनो प्रदान गर्नुभयो। उक्त शिविरको आर्थिक व्यवस्थापन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,प्रतिनिधी सभा सदस्य तथा पुर्व स्वास्थ्य राज्यमन्त्री डा।सुरेन्द्र यादवको संसदिय कोषबाट गरिएको छ भने स्थानिय स्तरमा गरिएको व्यवस्थापनहरु सोनमा गाउपालिकाको आर्थिक सहयोगमा भईरहेको छ ।
यता प्रकौली स्थित रणभिम गणले समेत सोनमाको खखना र मुख्य शल्यकृया हुने स्थल जलेश्वर अस्पतालमा विभिन्न व्यवस्थापन देखि जनशक्ति समेत खटाएको छ ।
शिविर संचालमा नेपाल सरकारको स्वास्थ्य मन्त्रालय,पुर्व स्वास्थ्य राज्यमन्त्री डा।यादवको विशेष पहल र नं. ९ वाहिनी अडडा तथा रणभिम गण एवं विभिन्न तहका जनप्रतिनिधीहरु र स्थानिय समेतको विशेष सहयोगले शिविर सफलता तिर अग्रसर भैरहेको छ। यसले आफ्नो कम्तिमा पनि विस हजरा विरामीको उपचार गर्ने लक्ष्य पुरा गर्ने विश्वासलाई अगाडि बढेको छ।
वृहत स्वास्थ्य शिविरमा पेट,छाती, मुटु,स्त्री तथा प्रसुती रोग,बाल रोग,छाला तथा यौन रोग,सर्जरी,नशा तथा हाडजोर्नीको उपचारका साथै पितथैली सम्बन्धि विभिन्न रोग,पिशाव थैली तथा किडनी,नाक,कान र घाटीको शल्यकृया तथा हर्निया, हाईड्रोशिल,बाबासिर,एपेन्डिक्स लगायतका विभिन्न शल्यकृया समेत गरिने छ ।
शिविरमा हुने मुख्य शल्यकृया सवै जलेश्वर अस्पतालमा गरिदै छ ।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…