सेनाको थप बम डिस्पोजल टोली आउँदै, जनकपुरवासीमा त्रास !
निरन्तर रुपमा भईरहेको बम त्रासका कारण सुरक्षा चुनौति बढेको देखिएको छ ।

२०७६ मंसिर ३० सोमबार, बिहान ८:०८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । तीन जनाको ज्यान जाने गरी घटना नसेलाउँदै जनकपुरमा पुनः शंकास्पद वस्तुको कारण जनकपुरवासीमा त्रास छाएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. ९ संकटमोचन मन्दिर देखि बागवानी जाने बाटोमा शंकास्पद वस्तु फेला परेपछि जनकपुरवासीको निन्द्रा हराम भएको छ । गत शुक्रबार राती १२ बजेर १० मिनेटमा धनुषाको महेन्द्रनगरमा भएको शक्तिशाली बम विस्फोटमा परी सुरक्षा निकायका एक प्रहरी ईन्सपेक्टर सहित दुई सर्वसाधारणको ज्यान गएको घटना नसेलाउँदै आईतबार राती शंकास्पद वस्तु फेला परेपछि त्रास छाएको छ ।
संकट मोचन मन्दिरदेखि पश्चिम बागवानी जाने बाटोमा कुकर राखिएको छ । उक्त कुकर बम भएको आशंका प्रहरीको भएपनि अहिलेसम्म भने बम नै हो भनेर यकिन भईसकेको छैनन् । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कनेलका अनुसार गएराती ९ बजे देखिएको त्यो शंकास्पद वस्तु अहिलेसम्म बम नै हो भनेर यकिन भईसकेको छैनन् । अहिले ४५ मिनेटमा सेनाको थप बम डिस्पोजल टोली आएर यकिन गर्न सकिने बताउनुभयो ।

गएराती ९ बजे नै एक स्थानीयले कुकर जस्तो राखिएको शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खवर गरेको थियो । तुरुन्तै एक्सनमा आएका धनुषा प्रहरी र सशस्त्र प्रहरीको टोलीले त्यहाँबाट आवातजावत बन्द गरी घटनास्थलको वरिपरि सर्वसाधारणलाई खाली गराएको छ । आईतबार राती ९ बजेदेखि नै घटनास्थलमा नेपाल र शसस्त्र प्रहरी निरन्तर सुरक्षा दिएका हुन् । कुकर राखिएको ठाउँलाई प्रहरीले घेरा हालेर सर्वसधारणलाई प्रवेश गर्न दिएका छैन् । प्रहरीले डिस्पोजका लागि सेनालाई बोलाएका हुन् ।
अहिले केही बेरमा नेपाली सेनाको थप बम डिस्पोजल टोली आएर यकिन गर्ने बताइएको छ । राखिएको शंकास्पद कुकरमा भने विस्फोटक पदार्थ हुन सक्ने आशंका गरिएको छ । निरन्तर रुपमा भईरहेको बम त्रासका कारण सुरक्षा चुनौति बढेको देखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…