जनकपुर : बम विस्फोटमा घाइते ईन्सपेक्टरको मृत्यु, मृत्यु हुनेको संख्या ३ पुग्यो !
उनको उपचारको क्रममा धरानमा विहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

२०७६ मंसिर २८ शनिबार, बिहान ८:०२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा गएराती भएको बम विस्फोटमा परी घाइते भएका प्रहरी निरीक्षकको मृत्यु भएको छ ।
ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा कार्यरत प्रहरी निरीक्षक (ईन्सपेक्टर) अमिर दाहालको मृत्यु भएको हो । उनको उपचारको क्रममा धरानमा विहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
धनुषाको महेन्द्रनगरमा राती १२ बजे भएको बम विस्फोटमा यसअघि घटनास्थलमै २ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए । बाँकी घाइतेहरुको उपचार भइरहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…