जनकपुर : बम विस्फोट हुँदा २ को घटनास्थलमै मृत्यू, ईन्सपेक्टर सहित ६ घाईते !
थप उपचारको लागि विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रिफर गरिएको जनाइएको छ ।

२०७६ मंसिर २८ शनिबार, राति १:१० बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ अस्थायी राजधानी जनकपुरदेखि केही दुरीमा रहेको धनुषाको महेन्द्रनगरमा बम विस्फोट हुँदा २ जनाको घटनास्थलमै मृत्यू भएको छ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ५ महेन्द्रनगरमा गएराती करिब १२ बजेर १० मिनेटमा बम विस्फोट भएको प्रहरीले जनाएको छ । सो विस्फोटमा परी स्थानीय ४६ बर्षिय राजेश्वर साह र उनका छोरा अन्दाजी बर्ष २४ का आनन्द साहको घटनास्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ ।
करिब १२ बजेतिरै भएको सो बम विस्फोटमा परी ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी नीरिक्षक (ईन्स्पेक्टर) अमिर दाहाल सहित ६ जना घाईते घाईते भएका हुन् । प्रहरी श्रोतका अनुसार, राजेश साहको घरको शौचालय अगाडी बम राखिएकोमा जानकारी पाएलगत्तै बम राखिएको स्थानमा प्रहरी टोली पुगेको थियो । प्रहरी नीरिक्षक सहित प्रहरीकै एक जवान सख्त घाईते भएको छ ।
.jpg)
# बम विस्फोटमा परी घाईते भएका प्रहरी ईन्सपेक्टर अमिर दाहालको उपचार हुँदै
बम राखिएको खवर पाएलगत्तै घटनास्थल अनुसन्धानको लागि पुग्दा बम विस्फोट भएको थियो । बम विस्फोटमा परी साह परिवारका बाबुछोराको घटनास्थलमै मृत्यू भएको छ भने प्रहरी नीरिक्षक दाहाल र एक प्रहरी जवान गम्भिर घाईते भएकोमा उनको थप उपचारको लागि विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रिफर गरिएको जनाइएको छ ।
सो बम विस्फोटमा परी मृतक राजेश्वरकी छोरी र एक अर्का छोरा पनि घाईते भएका हुन् । जानकारी अनुसार मृतक राजेश्वरकी छोरी अँजली साहको खुट्टामा गम्भिर चोट लागेको छ भने उनकै अर्का छोरा प्रकाश भन्ने प्रेम साह पनि गम्भिर घाईते भएका छन् । उनीहरुलाई पनि थप उपचारको लागि धरान रिफर गरिएको हो ।
घटनामा मृतक राजेश्वरका बुवा कारी साह समेत घाईते भएको जनाइएको छ । उनको उपचार जनकपुर अञ्चल अस्पतालमा भईरहेको छ । सो घटनामा ६ जना घाईते भएका जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । मृतक साहको विभिन्न ठाउँमा मोटो रकम लगानी भएको र त्यसकै निहुँमा कसैले उनलाई हत्याको योजना बनाएको हुन सक्ने अनुमान गरिएको छ ।
घटनाबारे अनुसन्धान तीव्र पारिएको छ । यस घटनाबारे थप विवरण आउन बाँकी छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…