धनुषामा मोटरसाईकल दुर्घटना हुँदा २ गम्भिर, एक काठमान्डौं रिफर !
नजिकै जानकी मेडिकल कलेजमा भर्ना पश्चात उपचार सम्भव नभएपछि काठमान्डौं रिफर गरिएको

२०७६ मंसिर २६ बिहीबार, बिहान १०:४४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा मोटरसाईकल दुर्घटना हुँदा दुई दाजुभाईको अवस्था गम्भिर भएको छ ।
बुधबार धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ४ आरएनसी कन्क्रीट उद्योग नजिकै मोटरसाईकल दुर्घटना भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । महेन्द्रनगरबाट जनकपुर आउँदै गरेको ज १३ प २२०३ नम्बरको मोटरसाईकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुई दाजुभाई गम्भिर घाईते भएका हुन् ।
घाईते हुनेहरुमा महोत्तरीको एकडारा गाउँपालिका वडा नं. ३ बस्ने अन्दाजी बर्ष ३७ का पलकधारी राय र पछाडी बसेका उनका २४ बर्षिय भाई राजकुमार राय रहेका छन् । दुर्घटनापछि घटनास्थल पुगेका प्रहरी टोलीले दुवै जनालाई जानकी मेडिकल कलेजमा उपचारको लागि पठाएको थियो ।
राजकुमारलाई केही क्षणपछि नै थप उपरचारको लागि जनकपुर अञ्चल अस्पताल रिफर गरेको तथा पलकधारीको खुट्टामा गम्भिर चोट लागेपछि नजिकै जानकी मेडिकल कलेजमा भर्ना पश्चात उपचार सम्भव नभएपछि काठमान्डौं रिफर गरिएको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…