पुराना मुद्दाका फरार अभियुक्तहरु धमाधम पक्राउ गरिदै
घटनाको १२ वर्षपछि कांग्रेस नेता आफताब आलम पक्राउ परेपछि रौतहट प्रहरीले थाती रहेका पुराना अपराधको फाइलहरु खोतल्न सुरु गरेको छ ।

२०७६ मंसिर २५ बुधबार, बिहान ९:१९ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । विभिन्न समयमा अपराध तथा गैरकानूनी कार्य गरी लामो समयदेखी फरार रहँदै आएका अभियुक्तहरुलाई रौतहट प्रहरीले पक्राउ गर्न थालेको छ । अपराध गरेर पनि गाउँघरमा निर्धक्क साथ बसेकाहरु पक्राउ पर्न थालेपछि अपराधिक तथा उच्छृंगल गतिविधि गर्नेहरुहरुमा त्रास फैलिएको छ ।
विभिन्न मुद्दामा लागत कसिएको तर फरार रहेका अभियुक्तहरुलाई रौतहट प्रहरीले पक्राउ गर्ने क्रममा सोमवार एकै दिनमा १३ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहट गौरको टोलीले अदालतको फैसला कार्यान्वयनको सिलसिलामा न्यायिक निकायबाट कैद तथा जरिवाना तोकिएको तर हालसम्म फरार रहेका १३ जना अभियुक्तहरुलाई पक्राउ गरेको जनाएको छ । एकै दिनमा रौतहट प्रहरीले १३ जना फरार अभियुक्त पक्राउ गरेको यो पहिलो घटना हो ।
चोरी साविक गौर नगरपालिका वडा नं. ७ हाल ४ बस्ने राजाबाबु पटेल ,कुटपिट अंगभंग मुद्दामा जिल्ला रौतहट साविक गौर न.पा. वडा नं. ४ हाल २ बस्ने रामपुकार राय यादव, कुटपिट अंगभंग मुद्दामासाविक गौर न.पा. वडा नं. ४ हाल २ बस्ने रामसेवक राय यादव , कुटपिट अंगभंग मुद्दामा साविक गौर न.पा. वडा नं. ४ हाल २ बस्ने अरूण कुमार यादव , कुटपिट अंगभंग मुद्दामा साविक गौर न.पा. वडा नं. ४ हाल २ बस्ने रामध्यान राय यादव , कुटपिट अंगभंग मुद्दामा साविक गौर न।पा। वडा नं. ४ हाल २ बस्ने छोटेलाल राय यादव , कुटपिट अंगभंग मुद्दामा साविक गौर न.पा. वडा नं. ४ हाल २ बस्ने रामअधार राय यादव , चोरी मुद्दामा गौर न.पा. वडा नं. ५ बस्ने रितेश जयसवाल चोरी मुद्दामा गौर न.पा. वडा नं. ५ बस्ने सोनु जयसवाल, सरकारी कागज छाप कृते मुद्दामा गौर न.पा. वडा नं. ८ बस्ने विकास कुमार गुप्ता , गाली बेईजती मुद्दामा गौर न.पा.वडा नं.२ बस्ने विरेन्द्र प्रसाद जयसवाल , चोरी मुद्दामा साविक गौर न.पा. वडा नं.१० हाल ६ बस्ने राम एकवाल बैठा , चोरी मुद्दामा साविक गौर न.पा. वडा नं.१० हाल ६ बस्ने धर्मेन्द्र पसवान गरी १३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी नविन कार्कीले बताए ।
अपराधका घटना घटाएर गाउँघरमा लुकीछिपी बस्दै आएका तथा विभिन्न राजनितिक शक्तिको आडमा जोगिएर बसेकाहरुलाई प्रहरीले पक्राउ गर्न थालेको हो । घटनाको १२ वर्षपछि कांग्रेस नेता आफताब आलम पक्राउ परेपछि रौतहट प्रहरीले थाती रहेका पुराना अपराधको फाइलहरु खोतल्न सुरु गरेको छ ।
२०६५ कात्तिक ७ मा रौतहटको प्रेमपुर गोनाही वडा नं. ४ मा ३५ वर्षीय शिक्षक सुनीलप्रसाद यादव हत्याकाण्ड, गरुडामा बैरीया ३ का राजाराम साहको छोरी पुनम साहको विवाहमा बन्दुक पडकाउँदा मारिएका सुनिलकुमार साह र २०६८ असार २३ गते जिल्ला अदालत नजिकैको सडमा गोली हानी मारिएका कुस्ती खेलाडी प्रेमपुर गोनाही १ का ५० वर्षीय उपेन्द्र दास बैरागीको घटनामा समेत प्रहरीले पुराना मिसिल केलाउन थालेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…