धनुषाको बिरेन्द्रबजारमा पनि बजाजको शोरुम
शो रुमको पहिलो ग्राहकलाई मेयर यादवको हाथबाट साचो एवं खादा माला लगाई हस्तान्तरण गरिएको थियो ।

२०७६ मंसिर २३ सोमबार, बिहान ९:२२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । चर्चित मोटर कम्पनी बजाजको लागि धनुषाको बीरेन्द्रबजारमा पनि शोरुम सँचालन गरिएको छ ।
धनुषाको गणेशमानचारनाथ नगरपालिकाको पूर्व पश्चिम राजमार्गमै पर्ने बिरेन्द्रबजारमा रोयल अटोले बजाज कम्पनीको सब डिलर संचालनमा ल्याएको छ । बजाजको शोरुम बीरेन्द्रबजारमै सँचालनमा आएपछि त्यस भेकका सर्वसाधारण ग्राहकहरुले जनकपुर धाउनुपर्ने बाध्यता समाप्त भएको बताइएको छ ।
एक समारोहबीच आइतबार उदघाटन गरिएको सो शोरुमको उदघाटन कार्यक्रममा बोल्दै गणेशमान चारनाथ नगरपालिकाका मेयर रामबाबू यादवले नगरका जनता सहित आसपासका सर्वसाधारणहरुले समेत स्थानीय स्तरमै सेवा पाउने भएपछि खुसी व्यक्त गरे । शोरुमका सँचालक मो. जियाउल राईनको अध्यक्षता तथा मेयर यादवकै प्रमुख आतिथ्यमा भएको सो उदघाटन समारोहमा मेयर यादवले गुणस्तरीय समान र सेवाको लागि अपेक्षा राखे ।
सर्वाधिक बिक्री हुने बजाज कम्पनीको शोरुम बिरेन्द्रबजारमा आएपछि सँचालकलाई शुभकामना दिँदै मेयर यादवले नगर बिकासमा सहयोग पुर्याउने बिश्वास समेत राखे । उनले भने, “वास्त्वमा अब बाहिर कतै जानू पर्दैन, अब बिरेन्द्रबजारमा पाउने भएको छ र यो बजार प्रवद्र्धनको हिसाबले पनि थप सहुलियत भएको छ ।”
उदघाटन समारोहमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मित्र प्रसाद काफ्ले विशिष्ट अतिथिको रुपमा सहभागीत जनाएक थिए भने वडा नं. ११ का वडा सत्यनारायण सिहं दनुवार लगायत विभिन्न वडाका वडा अध्यक्षहरु बजाज कमपन्नीको प्रतिनिधि सन्नी कुमार कुर्मी , श्री नारायण महासेठ ,लगायत स्थानीय ब्यपारी बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो ।
शो रुमको पहिलो ग्राहकलाई मेयर यादवको हाथबाट साचो एवं खादा माला लगाई हस्तान्तरण गरिएको थियो । रोयल अटो मो. जियाउल राईन र रामभगत साहले सँचालनमा ल्याएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…