गीतसंगीत चोरी गर्न नदिन र रोयल्टी व्यवस्थापन गर्न कलाकर्मीहरुको माग
कलाकर्मीहरुले गीत संगीत सिर्जना कलाकारको बौद्धिक सम्पत्ति रहेको भन्दै राज्यले बौद्धिक सम्पत्ति रक्षा गर्न जरुरी रहेको औंल्याए ।

२०७६ मंसिर २२ आइतबार, दिउँसो २:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सांगीतिक क्षेत्रमा लागेका स्रष्टाहरुले पाउने रोयल्टी व्यवस्थापन गर्न कलाकर्मीहरुले जोडदार माग गरेका छन् ।
नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालय र संगीत तथा चलचित्र उत्पादन नेपालको संयुक्त आयोजनामा सिरहाको मिर्चैयास्थित होटेल होलिडेमा भएको प्रतिलिपि अधिकार र रोयल्टीको व्यवस्थापनमा राज्यको भूमिका विषयक अन्तरक्रियामा यस्तो माग गरेका हुन् । कार्यक्रममा कलाकारहरुले संगीतको मूल्य आलु, सुनको जस्तो जोखेर गर्नु नहुने बताउँदै रोयल्टी सम्बन्धी समस्या समाधान गर्न आग्रह गरे ।
उनीहरुले सरकारले यातायात क्षेत्रमा रोयल्टी अनिवार्य गरेको भएपनि प्रभावकारी कार्यान्वयन नभएको गुनासो गरे । गीत संगीत क्षेत्रमा रोयल्टी तिर्ने वातावरण सिर्जना गर्न सरकारले सोही अनुसार यातायात व्यवसायीलाई निर्देशित गर्न पनि उनीहरुले आग्रह गरे ।
सांगीतिक क्षेत्रका स्रष्टाहरुको रोयल्टी व्यवस्थापनमा सबै एकजुट हुनुपर्ने पनि उनीहरुले धारणा राखे । यस्तै, उनीहरुले अहिले व्यापक रुपमा भइरहेको गीत कपीप्रति पनि आवाज उठाएका छन् । गीत कपी राईट सम्बन्धमा सरकार गम्भीर हुनुपर्ने भन्दै सशक्त भएर कानुन कार्यान्यनमा जोड दिन अनुरोध उनीहरुले गरे ।
कलाकर्मीहरुले गीत संगीत सिर्जना कलाकारको बौद्धिक सम्पत्ति रहेको भन्दै राज्यले बौद्धिक सम्पत्ति रक्षा गर्न जरुरी रहेको औंल्याए । उनीहरूको बौद्धिक सम्पत्तिमाथिको अधिकार हनन हुन दिन नहुनेमा आवाज उठाए । अरूको सिर्जनाको अनाधिकृत प्रयोग गरी पैसा कमाउन कसैले नपाउने, यस्ता गतिविधिबाट कलाकार दोहोरो मारमा पर्ने गरेको गुनासो कलाकर्मीहरुको छ ।
कार्यक्रममा मिर्चैया नगरपालिकाका नगरप्रमुख श्रवण यादवले स्रष्टाको संरक्षण गर्नु राज्यको दायित्व भएको बताउँदै रोयल्टी व्यवस्थापनमा आफूले पहल गर्ने बताए । उनले कलाकारहरुलाई सक्ने सहयोग गर्न पछि नहट्ने प्रतिवद्धता जनाए ।
एमपीएसएनका अध्यक्ष निर्मल राज ढकालको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा मिर्चैयाका मेयर श्रवण यादव सहभागी थिए । कार्यक्रममा संगीतिक क्षेत्रमा आवद्ध चर्चित अनुहारहरु सरिक थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…