'नेपालसँग मधेश अलग नहुन्जेल कारवाही' भन्दै भट्टामा बम !
घटना स्थलबाट मधेसी नेशनल पार्टीको पर्ची भेटिएको छ।

२०७६ मंसिर २१ शनिबार, दिउँसो २:३२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । नेपालसँग मधेशलाई अलग गर्ने भन्दै रौतहटको एक ईटा भट्टामा बम राखिएको थियो । चंदा नदिदा इट्टा भट्टामा प्रेसरकुकर बम राखेपछी रौतहटमा तनाव उत्पन्न भएको छ ।
चन्दा नदिएको भन्दै एक समूहले राजपुर नगरपालिका वडा नम्बर ७ स्थित चौधरी इटाभट्टामा बम राखेको छ । आज (शनिबार) बिहान भूमिगत समूह मधेस नेशनल पार्टीले इटाभट्टामा प्रेसर कुकर बम राखेको हो । त्यहाँ कार्यरत मजदूरले झोलाभित्र बम देखेपछि प्रहरीलाई खबर गरेकोमा पछि सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको जनाइएको छ ।
ईलाका प्रहरी कार्यालय राजपुरले दुई महिनाअघि इटा भट्टाका मालिक विनोद प्रसाद जयसवालसँग भूमिगत समूहले चन्दा मागेको थियो । तर जयशवालले चन्दा दिएका नदिएपछि सो समूहले धम्की दिँदै आएको थियो । घटना स्थलबाट मधेसी नेशनल पार्टीको पर्ची भेटिएको छ।
.jpg)
"मधेशमे नेपाली पार्टीकी शासन खारेज करती है । नेपालसे मधेशको आजाद होने तक ईस तराहकी कारवाही जारी रहेगी" पर्चामा लेखिएको छ । साथै भूमिगत समूह मधेशी नेश्नल पार्टीको सिम्रौनगढ कमान भनिएको कुमार बलभद्र र बिग्रेड बाबा राम जन्म तिबारीको नाम लेखिएको छ ।
प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…