जन्मदिनमा रक्तदान र वृक्षारोपण
जनकपुरको जनकचोकमा आयोजना गरिएको रक्तदान कार्यक्रममा झण्डै ३ दर्जन व्यक्तिहरुले रक्तदान गरेका थिए ।

२०७६ मंसिर २१ शनिबार, बिहान १०:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरका स्वच्छता अभियानका लागेका अभियानी दीपककुमार चौधरीले आफ्नो २५ औं जन्मदिन रक्तदान तथा वृक्षा रोपन कार्यक्रम गरी मनाएका छन् ।
आफ्नो २५ औं जन्मदिनको अवसरमा शुक्रबार ज्ञानकूप विद्यालय परिसरमा वृक्षारोपण सहित रक्तदान कार्यक्रम गरि मनाएको छ । जन्मदिनको अवसरमा उनले गोल्डमोहर, अमला, आँप, राजवृक्ष लगायतको २५ वटा विरुवा रोपेका हुन् । भावी सन्ततीलाई दृष्टिगत गर्दै पर्यावरणमा सहयोग हेतु उनले वृक्षारोपण र रक्तदान जीवनदानलाई आत्मसात गर्दै रक्तदान कार्यक्रम पनि गरेका हुन् ।
जनकपुरको जनकचोकमा आयोजना गरिएको रक्तदान कार्यक्रममा झण्डै ३ दर्जन व्यक्तिहरुले रक्तदान गरेका थिए । पर्यावरण र अक्सिजन मानव जीवनका लागि रुख विरुवा नभई नहुने भएकाले वृक्षारोपन र मानिसलाई जुनसुकै बेला रगत अभावले ज्यान जान सक्ने भएकाले रक्तदान कार्यक्रम आयोजन गरी जन्मदिन मनाएको युवा चौधरीको भनाई छ । रक्तदान गर्नेहरुलाई उनले प्रमाणपत्र समेत वितरण गरेका छन् ।
वृक्षा रोपन तथा रक्तदान कार्यक्रममा प्रमुख अतिथि धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेल, विशिष्ट अतिथिका रुपमा धनुषाका शिक्षा विकास तथा समन्वय इकाई प्रमुख बरखुप्रसाद रजक, समाजसेवी, अमरचन्द्र अनिल, मैथिल बिकासकोषका अध्यक्ष जिबनाथ चौधरी, कामाख्या परिवार नेपाल अध्यक्ष विभास लाभ, ज्ञानकूप स्कूल प्रधानाध्यापक संजय झा, युवा नेता ज्ञानेंद्र झा ज्ञानु, स्वच्छता अभियानी रुवी झा लगायतको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…