भोजपुरी सिनेमाकी स्टार 'रानी चटर्जी' जनकपुरमा
आज दिउँसो १ बजेदेखि हुने कार्यक्रम अव्लोकनको लागि टिकट लिएर मात्र प्रवेश गर्न सकिने आयोजकले जनाएको छ ।

२०७६ मंसिर २१ शनिबार, बिहान ८:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । भोजपुरी सिनेमा जगतकी सुपर स्टार अभिनेत्री रानी चटर्जी जनकपुर आएकी हुन् । शुक्रबार अबेर साँझ उनी जनकपुर आईपुगेकी हुन् ।
एस. राज प्रोडक्सनको आयोजनामा आज (शनिबार) जनकपुरमा हुन लागेको प्रादेशिक संगीत यात्रामा भोजपुरी सिने जगतकी चर्चित नायिका रानी चटर्जी जनकपुर आएकी हुन् । आज जनकपुरधामको तिरहुतिया गाछी मैदानमा आयोजना गरिएको प्रादेशिक संगीत यात्रामा रानी चटर्जी सहित नेपालको दिग्गज कलाकारहरु समेत आफ्नो प्रस्तुति दिने एस. राज प्रोडक्सनका प्रबन्धक निर्देशक सँतोष राज सहनीले जानकारी दिएका छन् ।
शुक्रबार साँझ जनकपुर आइपुगेकी अभिनेत्री चटर्जी सँचारकर्मीहरुसँग कुराकानी गर्दै पहिलो पटक जनकपुर आएको भन्दै यहाँको हावापानी र जनकपुरवासीको पनि प्रंसँशा गरिन् । जलेश्वरदेखि जनकपुरसम्मको सडकखण्डको बारेमा बोल्दै उनी यहाँका सरकारले सडक निर्माणमा ध्यान दिनुपर्ने बताएकी हुन् । उनले आज हुने लाईभ कनसर्टमा दर्शकहरु मन पराउने विश्वास व्यक्त गरिन् ।
भारत फिल्म र टिभी टुडे भारतको एशोसिएनमा हुन लागेको प्रादेशिक सँगीत यात्रामा वलिउडका विभिन्न गायकहरुसंग नेपाली तथा भोजपुरी गीत गाएर आफ्नो पहिचान बनाउन सफल गायिका सेलिना कुवर, सहित हिन्दी, भोजपुरी मैथिलीका चर्चित कलाकारहरुको लाईभ कन्सर्ट हुने जनाइएको छ ।
जनकपुरको तिरहुतिया गाछीमा आयोजना गरिएको सो लाईभ कन्सर्टको लागि प्रति व्यक्ति २ सय ५० रुपैयाँ टिकटको दर तोकिएको हो । साँगीतिक यात्रामा संगीतकार सन्तोष राज ,कलाकार भरत शाह ,कमेडी कलाकार पूजा पासवान (जनकपुबाली) , पूजा ठाकुर , सन्नु कुमार , बिजय निर्बिज लगायत स्थानीय कलाकारहरुले समेत कला प्रस्तुत गर्दै दर्शकलाई झुमाउने भएको छ ।
आज दिउँसो १ बजेदेखि हुने कार्यक्रम अव्लोकनको लागि टिकट लिएर मात्र प्रवेश गर्न सकिने आयोजकले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…