पहिले घरेलु हिँसाको शिकार भईन, अहिले नागरिकताको लागि भौंतारिदै अमृता
पहिलो श्रीमति भएपनि छोरा पाउनकै लागि दोस्रो बिहे अमृतासंग गर्न पुगे। विवाह दुवै पक्षको सहतिमै मन्दिरमा भएको थियो।

२०७६ मंसिर २० शुक्रबार, बिहान ९:१५ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । आफ्नै श्रीमानबाट घरेलु हिँसाको शिकार भएकी सर्लाहीकी एक युवति नागरिकताको लागि भौंतारिदै छन् ।
नेपाली समाजमा घरेलु महिला हिंसा दिनप्रतिदिन तिब्र गतिमा वृद्धि भइरहेको कुरालाई नकार्न सक्दैन। दिनहुँ महिला हिंसाको घटनाले तताएको नेपाली मिडियाले पनि यो कुरालाई प्रमाणित गर्छ। हाम्रो समाजमा महिला हिंसाले उग्र रुप लिएको र डरलाग्दो रुपमा वृद्धि भएका कारण आम नागरिक भयको वातावरणमा बाँच्न बाध्य भएका छन।
सोही लयमा सर्लाहीकी एउटी अपाङ्ग महिला आफनै पतिबाट घरेलु महिला हिंसाको सिकार भएकी छिन। माइतीघर गोडैता नगरपालिका वडा नं. ९ बकैनिया घर भएकी २४ बर्षिय अमृता ठाकुरलाई उसको पतिले शरिरिक, मानसिक यातना दिनुको साथै दिनहुँ कुटपिट गर्ने गरेको पीडित महिलाको बुबा रामवरण ठाकुरले बताए।
पीडित महिलाको बिहे ४ वर्ष अगाडि बिष्णु गाउँपालिका वाड नं. ७ फेन्हरा निवासी रामदेव ठाकुरको छोरा विन्देश्वर संग दुवै पक्षको सहमतिमा रामवनमा रहेको मन्दिरमा विवाह सम्पन्न भएको थियो। बिहे भएको केही दिनपछि महिलालाई शरिरिक तथा मानसिक यातना दिन थाले। पिडित बोल्न नसक्ने भएकाले धेरै दिनपछि आफुलाई छोरीको बारेमा जानकारी भएको पीडित महिलाको बुबाले बताए।
पीडित महिलाको पति विन्देश्वरको बिहे पहिला नै भइ सकेको थिए तर पतिको पूर्व पत्नीको चारवटा छोरी मात्रै छन। पुर्व पत्नी संग छोरा नभएपछि छोरा पाउनकै लागि विन्देश्वर अर्को बिहे गर्ने निर्णयमा पुग्यो। पहिलो श्रीमति भएपनि छोरा पाउनकै लागि दोस्रो बिहे अमृतासंग गर्न पुगे। विवाह दुवै पक्षको सहतिमै मन्दिरमा भएको थियो।
बिहेमा दाइजोको रुपमा लत्ताकपडा, गरगहना र घरायसी समानको साथै गाई समेत दिएको पीडित महिलाको बुबाले बताए। पीडित महिला राम्ररी बोल्न सक्दैन तर शरिरिक हाउभाउले महिला माथी हुने गरेको हिंसा बारे छोरी रुदै दुःख पोखेपछि छोरी प्रति अन्याय भएको पीडित महिलाको बुबाले बताए। पाँच वटा सन्तान भएको रामवरण ठाकुर निम्न आय भएको गरिब परिवार भएको व्यक्ति हुन ।
पीडित महिला तेस्री छोरी हो। बालबालिकाको पालनपोषण, पढाई र तिनवटा छोरीको बिहे गर्दा गर्दै आर्थिक स्थिति एकदम नाजुक भइसकेका छन। अहिले पनि एउटा छोरा र एउटी छोरीको पढाइ लेखाइ र बिहे गर्न बाँकी नै रहेका छन। ज्वाईंले अपाङ्ग छोरीलाई छोडिदिए पछि छोरीको पालनपोषण गर्न निकै नै समस्या हुने गरेका छन। आफु मरेपछि छोरीको भविष्य अन्धकार बन्ने चिन्ताले दिनरात सताइरहेको पीडित महिलाको बुबाले बताए।
छोरीलाई नागरिकता समेत नहुँदा सरकारबाट प्राप्त हुने अपाङ्ग भत्ता समेत पाउन नसकेको पीडित महिलाको बुबाले बताए। उनले भने, –“मैले आफनो ज्वाईंलाई नागरिकता बनाई दिन पटक–पटक अनुरोध गरेपनि नागरिकता बनाई दिनका लागि कुनै चासो देखाएको छैनन् । छोरीको न्याय र आर्थिक सहयोगका लागि सम्बन्धित निकायमा गुहार गरेपनि कहि कतैबाट सहयोग पाउन सकिएन ।
अहिले सरकारले अपाङ्ग भत्ता बैकिङ्ग प्रणाली मार्फत वितरण गर्ने हुँदा पिडित महिलाको नागरिकता नहुँदा समस्या हुने गरेको गोडैता नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत विकाउ यादवले बताए। पीडितको नगरिकता बन्नेपछि नगरपालिकाबाट सक्दो सहयोग गर्ने यादवले प्रतिबद्धता गरे।
ज्वाईं नागरिकता बनाई दिन सहमत नभएपछि आफु छोरीको न्यायका लागि शान्ति महिला विकासमा पनि गएका थिए। शान्ति महिला विकासले न्यायको पहलका लागि महिला सेलमा पठाइ दियो तर महिला सेलमा भएको पञ्चायतीमा पनि उनिहरु छोरीको नागरिकता बनाई दिने पक्षमा सहमत नभएपछि छलफल विना निश्कर्स नै टुङ्गिएको थियो।
दुवै पक्ष बिच सहमति गर्नका लागि पटक(पटक बसेको बैठकमा पनि ज्वाईं नागरिकता बनाई दिने कुरामा सहमत नभएको पीडित महिलाको बुबाले बताए। आफनो आर्थिक स्थिति कमजोर भएका कारण छोरीको अर्को बिहे गर्न सक्ने स्थिती नरहेका छन। छोरी अपाङ्ग भएका कारण पनि छोरीको अर्को बिहे गर्न सक्ने सम्भव नभएपछि आफु ठुलो धर्म सङ्कटमा परेको पीडित महिलाको बुबाले बताए।
उनका बुवाले भने–“ज्वाईंसंग छोरीको डिर्भोस नहोस। म आफनो छोरीको पालनपोषण आफै गर्न तयार छु । ताकि समाजमा कसैले छोरीको कुरा नकाटोस कि यसको बुढाले यसलाई छोडिदिएका छन। छोरीको बारेमा समाजमा नानाथरीका कुरा गर्दा आफनो परिवारको घरभन्दा बाहिर निस्कन मुस्किल भएका छन। यसले आफनो परिवारलाई तनावमा बाँच्नु परेका कारण दैनिक कामकाज समेत प्रभावित हुने गरेको छ ।"
आफनो छोरीको न्यायका लागि पहल गरदिन हुन सम्पुर्ण आम नागरिक नागरिक, महिला अधिकारकर्मी, समाजसेवी र पत्रकारको साथै सम्बन्धित निकायमा अपिल समेत गरेका छन।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…