गढीमाईबाट आउँदै गरेको पिकअप दुर्घटना हुँदा २ जनाको मृत्यू, २ धरान रिफर !
दुर्घटनामा परेका सबै यात्रुहरु एउटै वडाका बासिन्दा रहेका छन् ।

२०७६ मंसिर १८ बुधबार, बिहान ७:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, महोत्तरी । गढीमाई मेलाबाट फर्कदै गरेको पिकअप दुर्घटना हुँदा २ जनाको मृत्यू भएको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको माईस्थानदेखि करिब १ किलोमिटर पश्चिम तर्फ दुर्घटना हुँदा २ जनाको मृत्यू भएको छ भने अन्य कैंयो जना घाईते भएका छन् । गढीमाई मेला भरेर आउँदै गर्दा ना ५ च १२२७ नम्बरको यात्रु बोकेको पिकअप अनियन्त्रीत भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
मृत्यू हुनेमा धनुषाको धनुषाधाम नगरपालिका वडा नं. २ बस्ने अन्दाजी बर्ष ८० की सकुन्तला देवी साह र भारत सिताही बस्ने अन्दाजी बर्ष ६५ की बर्तनीया देवी महतो रहेको प्रहरीले जनाएको छ । दुर्घटना हुँदा उनीहरुलाई प्रहरीले उपचारको लागि बर्दिवास स्थित शुभ स्वास्तीक हस्पिटलमा पठाएको थियो । केही बेरमा उपचारकै क्रममा दुवै जनाको मृत्यू भएको जनाईएको छ ।
यता, सोही दुर्घटनामा परी १६ जना घाईते भएका छन् । घाईते हुनेहरुमा धनुषाधाम नगरपालिका वडा नं. ३ बस्ने अन्दाजी बर्ष २७ की कविता कुमारी महतो र बर्ष १८ की निसा महतोको अवस्था गम्भिर रहेको छ । कविताको अनुहार र टाउकोमा गम्भिर चोट लागेको छ भने निसालाई कम्मर र खुट्टामा गम्भिर चोट लागेपछि उनीहरुको थप उपचारको लागि विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरामा रिफर गरिएको प्रहरीले जनाएको छ ।
सोही दुर्घटनामा एकै टोली अन्दाजी वर्ष ४० की शुशिला देवी महतो, बर्ष १२ की अमृता कुमारी महतो, बर्ष ६२ का हरिनायण साह, वर्ष ५१ की राम दुलारी महतो, वर्ष २० की बन्दना सिँह लगायतका रहेका छन् । घाईतेहरु सबै जना धनुषाधाम नपा ३ का बासिन्दा हुन् । राती गढीमाई मेलाबाट फर्कने क्रममा विहान करिब ३ बजेतर्फ दुर्घटना भएको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…