राजविराजकी एक बालिका अपहरण
प्रहरी निरीक्षक प्रकाश बस्नेतले सोमबारै जाहेरी दर्ता गरेर अनुसन्धान थालेको जानकारी दिए।
२०७६ मंसिर १६ सोमबार, बेलुकी ५:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, राजविराज । सप्तरीको राजविराज नगरपालिकाकी एक बालिका अपहरणमा परेको घटना बाहिरिएको छ। यो घटनामाथि प्रहरीले जाहेरी दर्ता नगरेको भन्दै सोमबार आफन्तले राजविराजमा प्रदर्शन गरेका छन्।
७ नम्बर वडामा बस्ने देवेन्द्र साहकी १४ वर्षिया गौरी साह अपहरणमा परेको विषय बाहिरिएको हो। राजविराजस्थित गौतम शिशु सदन बोडिङ्ग स्कुल कक्षा ९ मा अध्ययरन बालिकालाई राजविराजकै ३,४ जना युवाहरुले गत शनिबार साँझ अपहरण गरेको र उनीहरुविरुद्ध जाहेरी दिन जाँदा प्रहरीले दर्ता नगरेको दाजु गोपाल साहले बताए।
साहका अनुसार विकास कर्ण, जयराम यादव, रुपेन्द्र यादव लगायतका युवाहरुको संलग्नतामा गौरीको अपहरण भएको हो। प्रदर्शनकै क्रममा ४(५ युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक प्रकाश बस्नेतले सोमबारै जाहेरी दर्ता गरेर अनुसन्धान थालेको जानकारी दिए।
‘पीडित परिवारले सोमबार मात्रै जाहेरी गर्न आएको हो, अपहरण नै भएको हो कि होइन भन्ने विषयमा अनुसन्धान थालिएको छ’, प्रहरी निरीक्षक प्रकाश बस्नेतल भने।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
विजय साह
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…