१ हजार रुपैयाँ घुस सहित ट्राफिक प्रहरी 'झा' रँगेहात पक्राउ !
उनलाई अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको शाखा बर्दिवासमा लगिएको जनाइएको छ ।

२०७६ मंसिर १६ सोमबार, बेलुकी ५:०९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । एक हजार रुपैयाँ (१०००) सहित एक ट्राफिक प्रहरीलाई अख्तियारको टोलीले रँगेहात पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा कार्यरत प्रहरी सहायक नीरिक्षक नविन कुमार झालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले एक हजार रुपैयाँ सहित रँगेहात पक्राउ गरेको हो । एक ट्रिपर चालकबाट एक हजार रुपैयाँ लिदै गरेको अवस्थामा उनलाई अख्तियारको टोली पक्राउ गरेको जनाईएको छ ।
ट्रिपर चालकबाट एउटा ५ सयको नोट (५००) र ५ वटा १०० को नोट (५००) गरी जम्मा १ हजार रुपैयाँ सहित उनलाई पक्राउ गरिएको हो । ट्राफिक प्रहरी पोष्ट महेन्द्रनगरमा डयूटिकै बेला उनले १ हजार घुस लिसकेको अवस्थामा पक्राउ उनलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले जनाएको छ ।
ओभरलोड र सडक मापदण्ड पूरा नगर्ने ट्रक, ट्रिपर चालकहरुलाई निर्वाध रुपमा विना रोकटोक जान दिने वापत दैनिक रुपमा रकम उठाइरहेको पूर्व सूचनाको आधारमा खटि आएको अख्तियारको टोलीले उनलाई रँगेहात पक्राउ गरेको हो । उनलाई अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको शाखा बर्दिवासमा लगिएको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…