विवाहपञ्चमीमा ड्रोनबाट भीड निगरानी गरिने
भगवान राम र सीताको विवाह उत्सव कार्यक्रमको दौरान हेलिकप्टरबाट पुष्प वर्षा गरिने प्रमुख जिल्ला अधिकारी कनेलले जानकारी दिए ।

२०७६ मंसिर १५ आइतबार, बिहान ९:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । विदेह राजा जनकको नगरी जनकपुरधाममा हुँदै आएको ‘रामजानकी विवाह महोत्सवका लागि यसपालि विशेष सुरक्षा व्यस्था मिलाइएको छ । आज (आईतबार) रामजानकी विवाह महोत्सवमा भीड व्यवस्थापनलाई प्रमुख चुनौती मान्दै सुरक्षा व्यवस्थाको विभिन्न पैत्रा अपनाउने भएको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कनेलका अनुसार भीडभाड र यात्रुहरुको चापलाई मध्यनजर गर्दै आकाशबाट पनि निगरानी गरिने छ । भीडमा कुनै अप्रिय घटना, लुटपाट, वा उच्छृंगल गतिविधि नहोस भनेर ड्रोन क्यामेराबाट निगरानी गरिने भएको छ । रँगभूमि मैदानमा प्रत्येक वर्ष हुने मोटो भीडलाई मध्यनजर गर्दै आकाशे सुरक्षा समेत मिलाइएको हो ।
नेपाल प्रहरी, सशस्त्र प्रहरीको हजारौं सुरक्षाकर्मी पोशाक र सादा पोशाक( सिभिल ड्रेस) मा परिचालन गरिएको जनाइएको छ । यसका साथै, आजै नेपाली सेनाले हेलिकप्टरबाट पुष्पवृष्टि गर्ने कार्यक्रम पनि रहेको छ । भगवान राम र सीताको विवाह उत्सव कार्यक्रमको दौरान हेलिकप्टरबाट पुष्प वर्षा गरिने प्रमुख जिल्ला अधिकारी कनेलले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…