जनकपुर : विवाहपञ्चमीमा यात्रु ठग्ने होटलबाला पक्राउ !
त्यहाँ पुगेपछि यात्रुहरु असमान्य रुपमा ठगिएको पाएपछि तुरुन्तै होटल सँचालकलाई प्रहरीको जिम्मा लगाएको हो ।

२०७६ मंसिर १५ आइतबार, बिहान ९:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । विवाहपञ्चमीमा जनकपुर आएका यात्रु ठग्ने एक होटल व्यवसासीलाई प्रहरीलाई जिम्मा लगाइएको छ ।
भारतबाट आएका श्रद्धालुहरुलाई जनकपुरको रामानन्दचोक स्थित रहेको होटल सिटि प्यालेस गेष्ट हाउस एण्ड फेमिली रेष्टुरेन्टमा एक रातको ५ हजार ५ सय रुपैयाँ एउटै कोठाको लिएको सूचनाको आधारमा उनलाई पक्राउ गरिएको हो । धनुषाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) प्रदीपराज कनेलले सूचना पाएलगत्तै स्थलगत पुगेर होटल सँचालकलाई प्रहरीलाई जिम्मा लगाएको हो ।
ऐतिहासिक र धार्मिक मेला विवाहपञ्चमीमा जनकपुर आएका यात्रीहरुसँग रातभर बसे एउटै कोठाको ५५०० रुपैयाँ लिएपछि उनीहरुले कुनै माध्यमबाट प्रमुख जिल्ला अधिकारीलाई खवर गरेका थिए । खवर पाए लगत्तै प्रहरी सहित प्रजीअ कनेल उक्त गेष्ट हाउसमा पुगेका थिए । त्यहाँ पुगेपछि यात्रुहरु असमान्य रुपमा ठगिएको पाएपछि तुरुन्तै होटल सँचालकलाई प्रहरीको जिम्मा लगाएको हो ।
प्रमुख जिल्ला अधिकारी कनेलका अनुसार समान्य सरसफाई समेत नगरी एउटै कोठाको एक रात सुतेको वापत ५ हजार ५ सय रुपैयाँ लिएको बिल समेत बरामद गरी सँचालकलाई पक्राउ गरिएको जनाइएको छ । न्यूज ब्यूरोसँग कुराकानी गर्दै प्रजिअ कनेलले भने, - "एकातर्फ जनकपुरका अभियन्ता, अभियानीहरुले तीर्थयात्रीहरुको लागि निःशूल्क शिविर, निःशूल्क वासको व्यवस्था, खानाको व्यवस्था गरेको अवस्थामा सो होटल व्यवसायीबाट तीर्थयात्रू ठगिएको देखिएको छ ।"
उक्त गेष्ट हाउस सँचालकले राजस्व समेत अपचलन गरेको ठहर गरिएको ठहर गर्दै आन्तरिक कानुनी कारवाही अगाडी बढाउन जिल्ला प्रहरी कार्यालय धनुषालाई निर्देशन समेत सिडिओ कनेलले दिएका छन् । जनकपुरधाम जस्तो ठाउँमा तिर्थयात्रू ठगिनु अपच रहेको बताउँदै सिडिओ कनेलले जनकपुरमा कतै तीर्थयात्रुबाट अमान्य रकम लिए वा ठगिएको सूचना तुरुन्त आफूलाई वा नजिकको प्रहरीलाई दिन आग्रह समेत गरेका छन् ।
जनकपुरमा कतै यात्री ठगिएको खण्डमा कृप्या 9854021284 / 9803142770 मा सम्पर्क गरी सूचना प्रदान गर्नुहोला । सम्बन्धित निकायलाई हामी जानकारी गराउनेछौं ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…