सिरहाको कल्याणपुरमा नेकपाको जीत
जनमत पार्टीका मो. अताउल रहमानले १ सय ६० मत प्राप्त गरेको जनाइएको छ ।

२०७६ मंसिर १५ आइतबार, बिहान ८:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । जनप्रतिनीधि विहिन भएको सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर १२ को वडाध्यक्षमा नेकपाबाट विजयी हाँसिल गरेका छन् ।
वडाध्यक्ष पदको लागि शनिबार भएको उपनिर्वाचनमा नेकपाका दिलिप कुमार यादव विजयी भएका छन् । उनले ८ सय २५ मत ल्याएर उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टी नेपालका प्रदिप कुमार महतोलाई १ सय ७१ मतले पराजित गरेका हुन् । राजपाका महतोले ६ सय ५४ मत प्राप्त गरेका थिए ।
उपनिर्वाचनको क्रममा त्यस वडामा जम्मा ३ हजार ४ सय ५० मतदाता रहेकोमा कुल २ हजार ४ सय ८० मत अर्थात ७१.८८ प्रतिशत मत खसेको थियो । सो क्रममा कांग्रेसका राजकुमार मुखियाले ६ सय १५ मत प्राप्त गरेका छन् ।
दोस्रो पटकमा निर्वाचित स्थानीय तह अन्तरगत तेस्रो चरणको निर्वाचनमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार बनेर चुनाव लडेका यादव आफ्नै काकासंग पराजित भएका थिए । त्यतिबेला उनी २ सय ९८ मत ल्याएर तेस्रो स्थानमा थिए । नेपाली कांग्रेसवाट रामदेव यादव ६ सय २२ मत ल्याएर विजयी हुँदा प्रतिद्वन्द्वीका रुपमा राजपाका कपिलेश्वर मुखियाले ४ सय ८० मत पाएका थिए ।
उप निर्वाचनमा डा. सिके राउतको जनमत पार्टीका उम्मेदवार चौथो स्थान प्राप्त गरेको छ । जनमत पार्टीका मो. अताउल रहमानले १ सय ६० मत प्राप्त गरेको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…