ताजा अपडेट : सर्लाहीमा समाजवादी पार्टीको जीत
जनप्रतिनीधि विहिन भएका वडा हरिपूर्वा नगरपालिका वडा नं. १ मा समाजवादी पार्टीको सरकार भएको छ ।
२०७६ मंसिर १४ शनिबार, राति ९:३५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । आज सम्पन्न भएको उपनिर्वाचनको ताजा मतगणना अनुसार पँजा छाप विजयी भएका छन् ।
सर्लाहीको हरिपूर्वा नगरपालिकाको वडा नं. १ को वडाध्यक्षको निधनपछि भएको उपनिर्वाचनमा उम्मेदवारी दिएका श्याम यादव १९ मतान्तरले विजयी हाँसिल गरेको छ भने उनका निकटतम प्रतिद्धन्द्धी राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) पराजित भएको छ । पँजाछाप ३ सय ४७ मत ल्याएका हुन भने छाताछाप ३ सय २८ मत ल्याएको तथा सूर्यछाप पनि ३ सय २८ मत ल्याएको जनाइएको छ । उत्तै जनमत पार्टीबाट ५२ मत प्राप्त गरेको छ भने नेपाली काँग्रेसको रुख छाप २३ मत मात्र प्राप्त गरेको हो ।
जम्मा खसेको १ हजार ९३ मतमध्ये १४ मत बदर भएको निर्वाचन अधिकृत कृष्णराम भट्टराईले जानकारी दिए । यसअघि नेकपाबाट वडाध्यक्षमा निर्वाचित ईशाक मियाँको निधन भएपछि जनप्रतिनीधि विहिन भएका वडा हरिपूर्वा नगरपालिका वडा नं. १ मा समाजवादी पार्टीको सरकार भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
धर्मेन्द्र कुमार यादव
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…