सिरहाबाट ७ थुनुवा फरार, ४ पक्राउ !
यता, थुनुवाहरु कसरी भाग्न सफल भएको बारे अनुसन्धान पनि तीव्र पारिएको जनाइएको छ ।

२०७६ मंसिर १४ शनिबार, राति ८:४४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाबाट आज साँझ ७ जना थुनुवा फरार भएका छन् भने ४ जनालाई पक्राउ गरिएको छ ।
शनिबार साँझ (आज) कैदमा रहेका ११ जना थुनुवा ईलाका प्रहरी कार्यालय लक्ष्मीपुरबाट फरार भएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक उमा प्रसाद चतुर्वेदीका अनुसार थुनुवाबाट ११ जना फरार रहेकोमा ७ जना अझै फरार छन् भने ४ जनालाई विभिन्न ठाउँबाट पक्राउ गर्न सफल भएको हो ।
थुनुवाबाट उनीहरु भागेको खवर पाएलगत्तै सिरहा प्रहरी एक्सनमा आएको र सिरहा सहित विभिन्न सडक, नाकामा सुरक्षा व्यवस्था कडा पारिएपछि ४ जना पक्राउ गरिएको जनाइएको छ । ७ जना अझै फरार रहेकोमा उनीहरुको खोजविन तीव्र पारिएको एसपी चतुर्वेदीले जानकारी दिए ।
यता, थुनुवाहरु कसरी भाग्न सफल भएको बारे अनुसन्धान पनि तीव्र पारिएको जनाइएको छ । यसबारे थप विवरण आउन बाँकी छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…