सीताकी मटकोर सम्पन्न
जनकपुरको गँगासागरमा सम्पन्न मटकोर कार्यक्रममा हजारौं दर्शनार्थीहरु सहभागी भएका थिए ।

२०७६ मंसिर १४ शनिबार, बेलुकी ६:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । विदेह राजा जनकको नगरी जनकपुरधाममा जारी सप्ताहब्यापी रामजानकी विवाह महोत्सवको पाँचौं दिन आज (शनिबार) सीताको मटकोर कार्यक्रम गरिएको छ । मधेशको विधिविधान अनुसार पवित्र गँगासागरमा आज सीताको मटकोर कार्यक्रम गरिएको हो ।
शुक्रबार तिलकोत्सव सम्पन्न भएको थियो । महोत्सवको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव सम्पन भएको छ भने आज पाँचौँ दिन मटकोर र छैठौं दिन मंसिर १५ (भोली) गते राम–सीता स्वयंवर तथा विवाह महोत्सव कार्यक्रम हुनेछ ।
जनकपुरको गँगासागरमा सम्पन्न मटकोर कार्यक्रममा हजारौं दर्शनार्थीहरु सहभागी भएका थिए । मटकोर कार्यक्रमलाई लिएर नित्य दिन बेलुका हुँदै आएको गँगा आरती समेत दिउँसै गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…