उपनिर्वाचन अपडेट : मतदानस्थल नजिकै बम विस्फोट !
बम विस्फोट भएपछि उक्त मतदानस्थलको मतदान २० मिनेट रोकिएको थियो ।

२०७६ मंसिर १४ शनिबार, बिहान ९:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । आज भईरहेको उपनिर्वाचनको लागि मतदान स्थलमै बम विस्फोट भएको छ ।
कास्की जिल्लाको क्षेत्र नं. २ को मतदानस्थल नजिकै शनिबार बिहान बम विस्फोट भएको हो । पोखरास्थित नयाँबजारको नवप्रभात माध्यमिक विद्यालयमा रहेको मतदानस्थलनजिकै बम विस्फोट भएको हो ।मतदान भइरहेका बेला कसैले माथिबाट बम फालेको र विस्फोट भएको स्थानीय प्रशासनले पुष्टि गरेको छ । मानिस नभएको स्थानमा बम खसेकाले अप्रिय घटना हुनबाट जोगिएको बताइएको छ ।
बम विस्फोट भएपछि उक्त मतदानस्थलको मतदान २० मिनेट रोकिएको थियो । अहिले अवस्था सामान्य भएको र मतदान सञ्चालन गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…