प्रहरी ईन्सपेक्टर साह ९० हजार घुस सहित रँगेहात पक्राउ !
यसअघि ईन्सपेक्टर साह जिल्ला प्रहरी कार्यालय धनुषामा समेत मुद्दा फाँट हेर्दै आएका थिए ।

२०७६ मंसिर १३ शुक्रबार, बेलुकी ७:१७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । ९० हजार रुपैयाँ घुस रकम सहित एक प्रहरी ईन्सपेक्टर (प्रहरी नीरिक्षक) रँगेहात पक्राउ परेका छन् ।
जनकपुरबाट शुक्रबार घुस लिसकेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी नीरिक्षक रामकिशोर साहलाई रँगेहात पक्राउ गरिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले साहलाई ९० हजार रुपैयाँ लिसकेको अवस्थामा रंगेहात पक्राउ गरेको हो।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ रामानन्दचोकको एक होटलबाट आयोगको टोलीले नियन्त्रणमा लिएको हो । ठगी सम्बन्धि मुद्दामा सहयोग गरिदिने भन्दै उनी जनकपुरमा घुस रकम लिन आएको बेला रँगेहात पक्राउ गरिएको जनाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको कार्यालयले जनाएको छ।
मुद्दामा सँलग्न व्यक्तिले मुद्दा मिलाइदिने भन्दै प्रहरी ईन्सपेक्टर साहले घुस मागेको भनेर मौखिक उजुरीको आधारमा उनलाई टोलीले फलोअप गरिरहेको थियो । उनलाई पक्राउ गरे लगतै अख्तियार दुरुपायोग अनुसन्धान आयोगको शाखा कार्यालय बर्दिवास लगिएको जनाइएको छ । यसअघि ईन्सपेक्टर साह जिल्ला प्रहरी कार्यालय धनुषामा समेत मुद्दा फाँट हेर्दै आएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…