प्रदेश नं. २ मा २ दिन सार्वजनिक छुट्टि
विवाहपञ्ची महोत्सव र गढीमाई महोत्सवलाई लिएर विदा दिइएको जनाइएको छ ।

२०७६ मंसिर १२ बिहीबार, बेलुकी ६:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का सरकारले विभिन्न महोत्सवलाई मध्यनजर गर्दै २ दिन सार्वजनिक विदा दिने भएको छ ।
प्रदेश नं. २ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयको श्रोत अनुसार रामजानकी विवाहमहोत्सवलाई मध्यनजर गर्दै मँसिर १५ गते आईतबार विवाहपञ्चमीका दिन र गढीमाई मेलालाई मध्यनजर गर्दै मँसिर १७ गते समेत गरी २ दिन सार्वजनिक विदा दिने भएको छ ।
सप्ताहव्यापी रुपमा मनाइने विवाहपञ्चमी महोत्सवमा छिमेकी मूलुक भारतबाट आएका जन्तीलाई स्वागत सहित प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरधाममा विवाहपञ्चमी महोत्सवको धुमधाम हुने भएकोले सो अवसरमा एक दिने विदा दिने भएको छ । यसको लागि अधिकारीक पुष्टि भने हुन सकेको छैनन । यता, पाँच वर्षमा लाग्ने बाराको गढीमाईमा मँगलबार १७ गते विशेष पूजाआजा भएकोले सो दिन समेत सार्वजनिक विदाको घोषणा गरिएको हो ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट जारी गरिएको पत्र अनुसार मँसिर ११ को निर्णय अनुसार पञ्चवर्षिय मेला गढीमाई मन्दिरमा विशेष पूजा भएकोले सो दिन प्रदेश नं. २ को सबै सरकारी कार्यालय, शैक्षिक सँस्थान, सार्वजनिक सँघसँस्थाहरुमा विदा हुने उल्लेख गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…