पूर्वमन्त्री 'मातृका' ले बनाए शहिदहरुको सम्मानमा शालिक
धनुषाको दिग्गज नेता मानिएका यादव त्यही दिन आफ्नो सरकारी निवास छाडेर निस्केपछि चर्चा कमाएका हुन ।

२०७६ मंसिर ११ बुधबार, बेलुकी ७:३१ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल सरकारका पूर्व वाणिज्य तथा आपूर्तिमन्त्री मातृका प्रसाद यादवको सहयोगमा धनुषामा बेपत्ता शहिदहरुको स्मरणमा शालिक निर्माण गरिएको छ ।
धनुषा निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनीधि सभा सदस्य समेत रहेका नेता यादवको पहलमा धनुषाको सबैलामा द्धन्द्धकालिन समयमा बेपत्ता पारिएका शहिदहरुको स्मरणमा सहिद शम्भु प्रतिष्ठान मार्फत शालिक निर्माण गरेका हुन् । धनुषाको सबैला नगरपालिका वडा नं. ३ मा अवस्थित द्वन्दकालिन समयमा बेपता भएका शहिदको नाममा रहेका सहिद सम्भु राष्ट्रिय प्राथमिक विद्यालय बाहेकका खाली जग्गामा निर्माण भएका १४ कोठे पसल सहित शालिक समेत अनावरण गरेका हुन् ।
द्वन्दकालमा बेपता भएका तथा सहादत प्राप्त गरेका सहिदहरुको सम्झ्ना तथा सहिद शम्भु यादवको २१ औं स्मृति सभालाइ सम्बोधन गर्दै पुर्वमन्त्री यादवले माल्यार्पन गर्दै सबैला नगरपालिका वडा नं. १ मा रहेका सहिद शम्भु प्रवेश द्वारको समेत उद्घाटन बुधबार नै गरेका हुन् ।
यसका साथै, नेता यादवले कम्यूनिष्ट आन्दोलनमा शहिद तथा बेपत्ता भएका शहिदहरुको स्मरणमा शहिद राहत कार्यकर्ता कोष धनुषाको स्थापना गर्ने उदघोष पनि गरेका हुन् । कम्यूनिष्ट आन्दोलनको क्रममा आफ्नो ज्यानको आहुति दिएका शहिद र वेपत्ता शहिदहरुको सम्मानमा उक्त कोष स्थापना गर्ने उदघोष गरेका हुन् ।
स्थापना गरिने कोषको लागि नेता यादवले आफ्नो एक महिनाको तलव विद्यालय निर्माणको लागि सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । शालिक, प्रवेशद्धार र पसल बनाउन नेता यादवद्धारा २२ लाख रुपैयाँ शहिद सम्भु प्रतिष्ठानमा सहयोग गरिएको थियो ।

त्यसको लागि त्यही क्षेत्रकी सांसद बोधमाया यादवले एक महिनाको तलब, मानवअधिकारकर्मी बिनोद महराले ५ हजार १ सय , नेकपाका नेता युगेश्वर यादवले १ हजार १ सय, युवानेता राजकुमार यादवले ५ हजार र युवा नेता रोशन यादवले पनि ५ हजार रुपैयाँ आर्थिक सहयोगको घोषणा गरेका हुन् ।
सहिद शम्भु प्रतिष्ठानको आयोजनामा भएको उक्त कार्यक्रममा जिल्लाभरिकै सहिद परिवारलाइ सम्मान स्वरुप दोसल्ला ओढाइ सम्मान समेत गरिएको थियो । कार्यक्रममा उक्त विद्यालयका केही विद्यार्थीहरुलाइ समेत छात्रवृत्ति प्रदान गरिएको थियो ।
सरकारले मन्त्री पदबाट हटाए लगत्तै धनुषाको दिग्गज नेता मानिएका यादव त्यही दिन आफ्नो सरकारी निवास छाडेर निस्केपछि चर्चा कमाएका हुन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…