धनुषामा मृत भेटाइन किशोरी, घटना शंकास्पद !
यस घटनाबारे अनुसन्धान थालिएको ईलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ ।
२०७६ मंसिर ११ बुधबार, बिहान ९:४१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । एका विहानै धनुषामा एक किशोरी आफ्नै घरमा मृत अवस्थामा भेटिएकी हुन् ।
धनुषाको सबैला नगरपालिका वडा नं. ७ स्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । वडा नम्बर ७ चौरिया मट्टहि झुण्डिएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेको थियो । स्थानीय लक्ष्मन साहकी १६ बर्षको छोरि खुसबु साह आफू सुत्ने कोठामै सल (ओढनी) मा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
जानकारी अनुसार, खुसबुको बुवा वैदेशिक रोजगारीमा गएका छन् भने मँगलबार राती उनकी आमा उपचारको लागि अञ्चल अस्पताल जनकपुर गएकी थिइन् । राती उनको घरमा उनकी हजुरआमा (दादी) मात्र रहेकी थिइन् । घटनास्थल र घटनाको प्रकृति शंकास्पद देखिएको प्रहरीले जनाइएको छ । खुसबुको शवलाई पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पताल लैजाने तयारी भईरहेको जनाइएको छ ।
यस घटनाबारे अनुसन्धान थालिएको ईलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
शम्भु पण्डित
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…