महिला हिंसा विरुद्धको १६ दिने अभियान : सर्लाहीमा पनि प्रभात फेरि
न्यूज ब्यूरो, सर्लाही । जिल्ला समन्वय समितिको आयोजनामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सर्लाही जिल्लाको सदरमुकाम मंलगवामा ुुसमानताको पुस्ता, बलात्कार विरुद्ध ऐक्यबद्धताुु नारा सहित प्रभात फेरि तथा अन्तरक्रिया कार्यक्रम गरि मनाइएको छ। ग्रिनल्याण्ड तथा जेसिस विधालयका बालबालिकाहरु नगर भित्र परिक

२०७६ मंसिर ९ सोमबार, राति ९:२२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । जिल्ला समन्वय समितिको आयोजनामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सर्लाही जिल्लाको सदरमुकाम मंलगवामा ुुसमानताको पुस्ता, बलात्कार विरुद्ध ऐक्यबद्धताुु नारा सहित प्रभात फेरि तथा अन्तरक्रिया कार्यक्रम गरि मनाइएको छ।
ग्रिनल्याण्ड तथा जेसिस विधालयका बालबालिकाहरु नगर भित्र परिक्रमा गरि जिल्ला समन्वय समितिको भवनमा कोण सभामा परिणत भएको थियो। कोण सभालाई जिल्ला प्रहरी कार्यलय सर्लाही प्रमुख गोपाल चन्द्र भट्टराईले सम्बोधन गर्नुभएको थियो। जिल्ला समन्वय समिति सर्लाहीको उपप्रमुख जमुना पराजुलीको प्रमुख अध्यक्षता तथा स्थानीय तहका प्रमुख, उपप्रमुख तथा प्रतिनिधिहरु, सरकारी तथा गैरसरकारी संघ संस्था तथा अन्य सरोकारवालाहरुको उपस्तिथिमा लैङ्गिक हिंसा विरुद्धको २०४६ सम्बन्धि जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएका छन।
यस कार्यक्रममा आउनुभएका सम्पूर्ण अतिथिहरु महिला हिंसा कसरी न्यूनीकरण गर्ने र विश्वभर मनाइरहेको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई कसरी सफल बनाउने विषयमा आफनो मन्तव्य राख्नुभएको थियो। जिल्लाको सबै स्थानीय तहरुले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान, लैङ्गिक हिंसा विरुद्ध जनचेतना कार्यक्रम, सरोकारवालाहरु बिच अन्तरक्रिया कार्यक्रम, सबै स्थानीय तहरुमा आजबाट लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान सुरुवात गरि मङ्सिर २४ गतेसम्म निरन्तरता दिने, अन्तर विधालय कार्यक्रम तथा स्थानीय तहरुले लैङ्गिक हिंसा विरुद्धको उपयुक्त ठानेको अन्य कार्यक्रम गरि अभियानलाई सफल बनाउने निर्णय गरिएको आयोजकले जनाएको छ।
नेपालमा २०५४ सालदेखि महिला तथा बालबालिकाको अधिकार संरक्षण गर्न, उनीहरुको सम्मानपुर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न तथा विकासको समान साझेदारीको रुपमा स्थापित गरि लैङ्गिक समानता कायम गर्न नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसा विरुद्धमा विविध सचेतनामुलक कार्यक्रम गरिदै आएको छ।
यो कार्यक्रम गर्नका लागि मंलगवा नगरपालिका, UNFPA, सेभ द चिल्ड्रेन, VSO, प्रेरणा, राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र, ओरेक नेपाल, महिला तथा बालबालिका कल्याण समाजले आर्थिक सहयोग गरेको आयोजकले जनाएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…