जरिबाना लिएर पनि फर्म नविकरणको व्यवस्था गर्नुपर्ने
धनुषा जिल्लामा सोचें अनुसार उद्योगको पूर्वाधारको विकास नभएको बताइएको छ ।
२०७६ मंसिर ९ सोमबार, राति ८:०२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । घरेलु तथा साना उद्योग कार्यालय जनकपुरमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले समयमै नविकरण गराउन नसकेका फर्महरुलाई जरिवाना लिएर भएपनि नविकरणको व्यवस्था मिलाउन आग्रह गरिएको छ ।
पाँचौ उद्योग दिवसको अवसरमा गरिएको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले समयमै नविकरण गराउनुपर्ने प्रावधान रहेकोमा समयमै नविकरण गराउन नसकेको अवस्थामा जरिवाना लिई नविकरणको व्यवस्था अनुसार कानुन मिलाउनुपर्ने माग गरिएको हो । “उद्योग र पूर्वाधार, समृद्धिको आधार” मूल नारा सहित आयोजित अन्तक्रिया कार्यक्रममा धनुषाका उद्योगी, व्यवसायीहरु सहित विभिन्न सरकारी तथा गैर सरकारी कार्यालय प्रमुखहरुकोे सहभागीता रहेको थियो ।
घरेलु तथा साना उद्योग कार्यालय धनुषाका उद्योग अधिकृत तथा कार्यालय प्रमुख संजीप कुमार दुब्बेको अध्यक्षता तथा प्रदेश नं. २ का उद्योग पर्यटन, वन तथा वातारण मन्त्रालयका निमित्त सचिव नन्द लाल यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा धनुषा जिल्लामा सोचें अनुसार उद्योगको पूर्वाधारको विकास नभएकोवक्ताहरु जोड दिएका थिए ।
उचीत बजारको अभाव रहेको कारण उद्योग प्रवद्र्धनमा समस्या, साथै उद्योग तथा व्यापार व्यवसायको नविकरण म्याद नाघेको एक बर्ष पश्चात नविकरण नहुने प्रावधानका कारण हजारौं व्यापारी व्यवसायीहरु, उद्योगीहरु मारमा परेकाले ऐन कानुनलाई संशोधन गरेर भएपनि नियमानुसार जरिबाना लिएर फर्मलाई नविकरण गराउनुपर्ने व्यवस्था मिलाउन सरोकारबाला निकायलाई ध्यानाकर्षण गराएका थिए ।
कुनै पनि उद्योग व्यवासयको फर्म म्याद नाघेको एक वर्षसम्म समेत नविकरण नगराए पछि जरिबाना लिएर समेत नविकरण नहुने ऐन व्यवस्था रहेको छ । म्याद नाघिसकेपछि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले नियमानुसार जरिवाना लिएर फर्मको नविकरण गर्न मिल्ने भनी परिपत्र गरेको आधारमा मात्र फर्मको नविकरण गरिने व्यवस्था रहेको छ । कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख शिक्षक नागेन्द्र प्रसाद साहले स्वागत मनतव्य राखेका थिए भने कम्प्युटर अपरेटर जीतेन्द्र प्रसाद सिँहले कार्यक्रम सँचालन गरेका थिए ।
अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समिति धनुषाका सभापति रामदेव बनरैत यादव, जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष ललित कुमार साह लगायतका व्यक्तित्वहरुले शुभकामना मनतव्य राखेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…