गुठी जग्गा हत्याउने योजना प्रकरण : वडा कार्यालयको सिफारिस नै गायब !
जानकी फुलबारी अतिक्रमण र गुठीकै जग्गा रहेको यी ४ कठ्ठा प्रकरण अहिले जनकपुरमा चर्चाको विषय बनेको छ ।

२०७६ मंसिर ९ सोमबार, बेलुकी ७:२५ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका पाँच वटा वडा अध्यक्षको जानकी गुठिको जग्गा हत्याउने योजना प्रकरणमा नयाँ तथ्य फेला परेको छ ।
केही व्यक्तिहरुले आफुहरुले उक्त जग्गा किनेको र वडा कार्यालयबाट सिफारिस लिएको दावी गरिरहँदा सिफारिस सहित आवश्यक कागजातको प्रतिलिपि खोजतलास गर्न यूथ एक्शन फोर्स जनकपुरले वडा कार्यालयमा पुग्दा सिफारिस सहित अन्य कुनै प्रमाण दिन नसक्दा नयाँ तथ्य बाहिरिएको हो ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. १सिट नं. १३५६—१६किता नंं. २१ को ४ कट्ठा जग्गा उनीहरुले ब्यक्ति भोगचलनका लागि हत्याउन लागेपछि यूवाहरु स्वस्पूmर्त रुपमा गुठीको जग्गा विक्रिवितरण तथा अतिक्रमण विरुद्ध चरणबद्ध संघर्षमा उत्रेको यूथ एक्शन फोर्स, जनकपुरका अध्यक्ष यूवा नेता प्रशान्त झाले जानकारी दिए ।
उक्त जग्गा सम्बन्धमा वडा नं.१ का सचिव प्रमान्द झालाई आईतरबार नै सिफारिस सहित सम्बन्धित व्यक्तिहरुले भन्दै आएको कागजातको प्रतिलिपि उपलब्ध गराउन निवेदन दिएका थिए । वडा सचिव झाले सोमबार मात्र प्रतिलिपि उपबध गराउने भनेका थिए । यद्यपी सरोकारबालाको ईसारामा सचिव झाले आवश्यक कागजात उपलब्ध नगराएपछि युवाहरु आक्रोशित हुंदै कार्यालयमा तालाबन्दी गर्न खोजेका थिए ।
यो पनि पढनुहोस् : ठुलो खुलासा : जनकपुरका ५ वडाध्यक्षको योजनामा गुठिको करोडौंको जग्गा हत्याउदैं ?
त्यसपश्चता वडा अध्यक्ष शत्रुधन साहको सहमतिमा मंगलबार आवश्यक कागजात उपलब्ध गराउने लिखित सहमति भएको यूथ एक्शन फोर्स जनकपुरका अध्यक्ष प्रशान्त झाले जानकारी दिए । जनकपुरधाम वडा नं.११ का वडा अध्यक्ष रामचन्द्र साहका छोरा प्रकाश कुमार साह (पप्पु) को नाउमा २०७३ साल बैशाख १६ गतेका बैनाबट्टाको कागजात तयार गरेर उक्त जग्गा हत्याउन लागेको युवाहरुको दावी छ ।

आफुले किनमेल गरेर काम अगाडि बढाएको पप्पु साहले बताएपनि गुठी, नापी तथा मालपोत कार्याल सहित यथेष्ट प्रमाण जुटाउन सकेको देखिएको छैन् । वडा अध्यक्षको उपस्थितिमा चारकिल्ला भिडाएको दाबी गरिरहँदा वडा अध्यक्ष शत्रुधन साहले भने आफू उक्त जग्गाबारे केही जानकारी नरहेको दोहर्याएका छन् ।
यता, उक्त जग्गा सम्बन्धमा मालपोत कार्यालय धनुषा, नापी कार्यालय तथा गुठी संस्थान कार्यालय जनकपुरमा समेत युवाहरुले आवश्यक कागजागत उपलब्ध गराउन पत्र दर्ता गराएका छन् । छिट्टै जग्गाको साविक विवरण उपलब्ध गराउने प्रतिबद्धता गरेको अध्यक्ष झाले बताए ।

उता, जनकपुरको जानकी मन्दिर फुलबारीको जग्गा अतिक्रमण उपर समेत युवाहरु सक्रिय भएका छन् । जानकी फुलबारीको दुई कुनाबाट २६ फिट जग्गा अतिक्रमण गरेको ठहर भएपछि अतिक्रणबाट जग्गा पुनः फिर्ता गराउन नागरिक समाजका अगुवा एवम् युवाहरुले सक्रियता देखाएका छन् । नापी कार्यालय धनुषाबाट गरिएको अधिकारीक नापीमा जानकी फुलबारीको २६ फिट जग्गा सडकमा गएको ठहर गरिएको हो ।
जानकी फुलबारी अतिक्रमण र गुठीकै जग्गा रहेको यी ४ कठ्ठा प्रकरण अहिले जनकपुरमा चर्चाको विषय बनेको छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…