ठुलो खुलासा : जनकपुरका ५ वडाध्यक्षको योजनामा गुठिको करोडौंको जग्गा हत्याउदैं ?
प्रहरी ईन्चार्ज लेखनाथ खनालले जग्गामा निर्माण कार्य नगर्न भनेपछि काम रोकिएको छ ।

२०७६ मंसिर ७ शनिबार, दिउँसो १२:४६ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा सार्वजानिक, मठमन्दिर तथा गुठिको अर्बौंको जग्गा भूमाफियाहरुले अतिक्रमण गरिसकेका चर्चा उत्कर्षमा पुगेको अवस्थामा जनकपुरधाम उपमहानगरपालिकाका पाँच वटा वडा अध्यक्षको योजनामा रामजानकी गुठिको अर्बौंको जग्गा हत्याउन लागेको आरोप लगाइएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नंं.२ भानु चौक स्थित मदर टेरेसा स्कुल नजिक रहेको ४ कठा जग्गा वडा अध्यक्षहरुको योजनामा भूमाफियाहरुले व्यक्तिगत गर्नका लागि पर्खाल लगाउन खोज्दा स्थानिय यूवाहरुले सार्वजनिक जग्गा अतिक्रमणको काम रोक्का गराएपछि अध्यक्षहरुको योजनाबारे खुलासा भएको आरोप लगाइएको हो ।
अर्बौंको जग्गा जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ का अध्यक्ष शत्रुधन साह, वडा नं. २ का अध्यक्ष शिव कुमार साह, वडा नं.३ का अध्यक्ष दिपेन्द्र साह, वडा नं.११ का अध्यक्ष रामचन्द्र पजियाँर सहित पाँच वडा अध्यक्षको निर्देशनमा आफुले यस जग्गाको पर्खाल निर्माण गर्न लागेको बब्लु पाठकले बताए। गुठिको जग्गा वडा अध्यक्ष सहित ब्यक्तिगत भोगचलन गर्नका लागि निर्माण अगाडि बढाएपछि स्थानिय युवाहरुले प्रहरीको रोहवरमा रोक्का गराएका यूथ एक्शन फोर्स जनकपुरका अध्यक्ष यूवा नेता प्रशान्त झाले जानकारी दिए ।
जनकपुरधाम वडा नं.११ का वडा अध्यक्ष रामचन्द्र पजियारका छोरा पप्पु साहको नाउमा २०७३ साल बैशाख १६ गतेका दिन फर्जि बैनाबट्टाको कागजात तयार गरेर उक्त जग्गा हत्याउन लागेको युवाहरुको दावी छ । यस सन्दर्भमा वडा नं. ३ का वडाध्यक्ष दिपेन्द्र साहले आफूलाई यसबारे केही जानकारी नभएको प्रतिक्रिया दिएका छन् । जग्गाको बारेमा प्रश्न गर्दा उनले विना प्रमाण, लालपूर्जा र गैर कानुनी जग्गामा आफ्नो कुनै प्रकारको चासो नरहेको जनाउँदै त्यही जग्गाको लागि केही व्यक्तिले जग्गा लिनको लागि आग्रह गर्न आएको बताए । उनले भने, - "म कहाँ आएको थियो एक दुई जना, तर मैले सबै कुरा बुझेपछि आफ्नो कुनै चासो नरहेको भनेर फर्काए । अहिले जनकपुरमा राजनीतिक द्धन्द्ध छ, जसले जे पनि आरोप लगाउन सकिहाल्छ नी ।"
जनकपुरको अति व्यस्त भानु चौकमा पर्ने जनपा वडा नं. १ सिट नं. १३५६—१६ किता नंं. २१ को ४ कट्ठा जग्गा उनीहरुले ब्यक्ति भोगचलनका लागि अतिक्रमण गर्न लागेको युवाहरुको आरोप छ । गुठिको जग्गाका पाँचै वडा अध्यक्षहरुको निर्देशनमा आफुले पर्खाल निर्माण गर्न लागेको काम गराउन आएका बब्लु पाठकले थपे। स्थानीय युवा, बुद्धिजिवी तथा राजनीतिकर्मीहरुले उक्त काममा गर्न नदिएपछि रेल्वे चौकीका प्रहरी ईन्चार्ज लेखनाथ खनालले जग्गामा निर्माण कार्य नगर्न भनेपछि काम रोकिएको छ ।

आफुले किनमेल गरेर काम अगाडि बढाएको पप्पु साहले बताएपनि गुठी र नापीबाट यथेष्ट प्रमाण जुटाउन सकेको देखिएको छैन् । वडा अध्यक्षको उपस्थितिमा चारकिल्ला भिडाएको दाबी गरिरहँदा वडा अध्यक्ष शत्रुधन साहले भने आफू उक्त जग्गाबारे केही नबोल्ने प्रष्ट्याएको छ । ब्यक्तिको नाउँमा जग्गा हत्याउन लाग्दा नाम आएका बाँकी अध्यक्षहरु स्तब्ध छ । उनीहरुले केहि बोल्न मानेन् ।
गुठिको जग्गा अतिक्रमण गर्न लागेको जानकरी पाएपछि यूथ एक्शन फोर्स जनकपुरका पदाधिकारी सहित स्थनिय राविन्द्र अरगडिया, चनरदिप यादव, जनारदन भण्डारी, पुजन मौवार, किसन साह, मनिष मण्डल, अजित मण्डल, गोविन्द यादव, अमित साह, दिपक साह, महनोज साह, शंकार प्रसाद साह, गोविन्द साह, महेश यादव सहितका दर्जनौं युवाहरुले काम गर्न रोक लगाएका छन् । यता, रेल्वे स्टेशन एरिया प्रहरी चौकीले आवश्यक कागजात ल्याएर मात्र काम अगाडि बढाउन उनीहरुलाई निर्देशन दिएका छन् ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…