अर्थमन्त्री यादवद्धारा कानुनमन्त्री यादवलाई बधाई
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले संघीय सरकारका कानुनमन्त्री उपेन्द्र यादवलाई बधाई तथा शुभकामना दिएका छन् । समाजवादी पार्टीका मधेश प्रदेश समिति अध्यक्ष समेत रहेका मन्त्री यादवले उनलाई संघीय सरकारको कानुनमन्त्रीमा नियुक्त भएपछि बधाई तथा सफल का

२०७६ मंसिर ९ सोमबार, बेलुकी ७:१५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले संघीय सरकारका कानुनमन्त्री उपेन्द्र यादवलाई बधाई तथा शुभकामना दिएका छन् ।
समाजवादी पार्टीका मधेश प्रदेश समिति अध्यक्ष समेत रहेका मन्त्री यादवले उनलाई संघीय सरकारको कानुनमन्त्रीमा नियुक्त भएपछि बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् । मधेश प्रदेश समितिको तर्फबाट मन्त्री यादवले उपप्रधान एवम् कानुन मन्त्री उपेन्द्र यादवलाई बधाई ज्ञापन गरेको हो ।
सरकार छाड्ने कि बर्खास्तीमा पर्ने भन्ने चर्चा चलिरहेका बेला समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव अन्ततः कानुन मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । उनले सोमबार विधिवत रुपमा आफ्नो कार्यभार सम्हालेका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…