जनकपुर : हेलिकप्टरबाट 'बालविवाह'
उमेर नपुगेको भन्दै बालविवाह गराउनेहरु उपर कानुनी कारवाही गरिने धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कनेलले जानकारी दिए ।

२०७६ मंसिर ८ आइतबार, दिउँसो ३:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । हेलिकोप्टर चाटर्ड गरेर धनुषामा एक बालबिवाह गराईएको घटना बाहिर आएको छ ।
धनुषाको कमला नगरपालिका वडा नं. ४ स्थित एक नीजि बिद्यालयका सञ्चालक रहेका सतार कबारीले आफ्नो छोरीको बिवाहमा दुल्हा ल्याउन हेलिकोप्टर चाटर्ड गरेका हुन् । कबारीले आफ्नो एकमात्र १६ वर्षिया छोरीको बिवाह भव्य बनाउन दुल्हालाई हेलिककोप्टर चढाएर आफ्नो घरमा अवतरण गराईएको हो ।
उक्त हेलिकोप्टरबाट विवाहका लागि आएका एक किशोर बाहिरिए सहित झण्डै ४ बजे १६ वर्षिया किशोरी सहित फर्किए । हेलिकोप्टर चढेर आएदेखि फर्किए सम्मको अवस्थामा बिवाहमा सोही वडाका अध्यक्ष पल्टु कबारीले प्रत्यक्ष संलग्न थिए । प्रतिक्रियामा भने, ‘मलाई के थाहा बालबिवाह भएको हो की, के हो ? म सबैको नागरिकता हेर्दै हिडछु, क्या हो, गाउँमा हुने बिवाहमा निम्तिो थियो, भोज खाएर आए, अरु मलाई केही थाहा छैन, जसले तपाईलाई जानकारी दियो, त्यहीसंग सोध्नुहस् ।’
उक्त विवाहमा हेलिकप्टर सुरक्षामा नेपाल प्रहरीका दुई प्रहरी र शसस्त्र प्रहरीको दुई जना खटिएको थियो । हेलिकप्टरबाट बेहुला ओर्लेपछि गाउँलेहरु हेर्नको लागि मोटो सँख्यामा उपस्थित भएको थियो । यता, उमेर नपुगेको भन्दै बालविवाह गराउनेहरु उपर कानुनी कारवाही गरिने धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कनेलले जानकारी दिए ।
धनुषाको ग्रामिण भेकमा बालविवाहको आँकडा दिनानुदिन बढदै गएको छ । छोरी १५ देखि १६ वर्ष हुने वित्तिकै विहे गरिदिनुपर्ने मानसिकता र वर्तमान समाजको वातावरणका कारण बालविवाह फस्टाएको देखिएको छ । अभिभावकले प्रतिष्ठालाई अघि सार्दै समयमै छोरीको विवाह गर्नुपर्ने बाध्यता पनि बताउँछन् । कैयौं ठाउँमा अभियानीहरुले बालविवाह मण्डपबाटै रोकिएपछि ग्रामिण भेकमा भने कुनै अभियानी पुग्न नसकेको अवस्था देखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…