धनुषामा एक महिलाको रहस्यमयी मृत्यू !
मृतक मण्डलको शव पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ ।
२०७६ मंसिर ७ शनिबार, दिउँसो २:४३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा एक महिलाको रहस्मय मृत्यू भएको प्रहरीले जनाएको छ ।
धनुषाको मिथिला विहारी नगरपालिका वडा नं. ३ मिथिलेश्वर बस्ने प्रगाश मण्डलकी २२ बर्षिय श्रीमति कुसुम मण्डलको रहस्यमयी मृत्यू भएको प्रहरीले जनाएको छ । शुक्रबार राती आफ्नै घरमा झुण्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खवर गरिएको थियो । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार श्रीमानसँग विवाद हुँदा पासो लगाएर झुण्डिएको हो । यता, मृतक कुसुमकी माईतीपक्षले भने छोरीलाई कुटपिट गरी हत्या गरेको आरोप लगाएको छ ।
मरनास्सन हुने गरी कुटपिट गर्दा बेहोस भएकी कुसुमलाई उनका श्रीमान प्रगाश मण्डलले आफैं एम्बुलेन्स बोलाएर उपचारको लागि जनकपुर लैजाँदै गर्दा बाटोमै मृत्यू भएको एक छिमेकीले नाम नखोल्ने शर्तमा बताए । उनले भने, - "विहे भएको देखि दिनहुँ कुटपिट र झै झगडा हुँदै आएको थियो । साँझ पनि झगडा भएको थियो । केही बेरपछि पासो लाग्यो भनेर सुनेको मात्रै हो ।"
करिब डेढ बर्ष अघि मात्र कुसुमलाई विहे गरी घर ल्याएका प्रगाशसँग उनको निरन्तर झगडा भईरहनेबारे छिमेकीहरु बताउँछन् । मृतक मण्डलको शरिरको विभिन्न भागमा निल डाम समेत देखिएको भन्दै उनको माईतीपक्षले उनलाई कुटपिट गरी हत्या गरेको आरोप लगाएको हो । यस सन्दर्भमा भने प्रहरीले त्यस्तो केही नभएको र यस घटनाबारे अनुसन्धान थालिएको प्रतिक्रिया दिएको हो ।
कुसुमको मृत्यूपछि प्रहरी कार्यालय तारापट्टिबाट खटि गएको प्रहरी टोलीले मण्डलको घरमा परिवारका सदस्यहरुलाई खोज तलास गर्दै जाँदा मृतकको श्रीमान प्रगाश मण्डल र ससुरा रामचन्द्र मण्डल सहित दुवै जना प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ । यस घटनाबारे थप जानकारी पोष्टमार्टमको रिपोर्ट आएपछि मात्रै भन्न सकिने प्रहरीले जनाएको छ । मृतक मण्डलको शव पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
शम्भु पण्डित
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…