धनुषाका एक युवकको ट्रेनबाट लडेर घटनास्थलमै मृत्यू !
उनको शव ल्याउनको लागि यहाँबाट एम्बुलेन्स पठाएको जनाइएको छ ।
२०७६ मंसिर ७ शनिबार, दिउँसो १:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको एक युवकको शुक्रबार राती ट्रेनबाट लडेर घटनास्थलमै मृत्यू भएको छ ।
रोजगारीको शिलशिलामा भारतको गुँजरात जाँदै गर्दा धनुषाको सबैला नगरपालिका वडा नं. ३ बस्ने स्थानीय विनोद महराको अन्दाजी २० बर्षिय छोरा ललित महराको भारतीय ट्रेनबाट लडेर मृत्यू भएको उनका साथीहरुले परिवारलाई जानकारी दिएको छ । ललितसँगै गाउँकै अन्य ११ जना गरी जम्मा १२ जना भारतको गुजरातको लागि विहिबार घरबाट रबाना भएको थियो । भारत विहारको जयनगरबाट ट्रेन समातेका उनीहरु शुक्रबार राती गुजरात राज्यसम्म पुगेका थिए ।
मृतक ललितका साथीहरुले फोन गरी परिवारिक सदस्यलाई दिएको जानकारी अनुसार, उनीहरु गुजराज पुगिसेको थियो, ललित निदाएर चल्दै गरेको ट्रेनबाट लडे की कसैले धक्का दियो भन्ने बारे खुल्न सकेको छैन । ललित ढोकाबाटै तल झरेका थिए । उनको घटनास्थलमै मृत्यू भएको जनाइएको छ । मृतक ललितको शव भारतीय प्रहरीको निगरानीमा रहेको छ भने उनको शव ल्याउनको लागि यहाँबाट एम्बुलेन्स पठाएको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
शम्भु पण्डित
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…