सफाई अभियन्ता साहलाई ४ दलका युवाहरुको साथ
नेपाललाई निकट भविष्यमै सफा र सुन्दर आकृति दिन सकिने विश्वास व्यक्त अभियन्ता साहले गरे ।

२०७६ मंसिर ३ मंगलबार, दिउँसो १२:२४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रीय सरसफाई अभियन्ता धिरेन्द्र साहको संयोजनमा देशको विभिन्न जिल्लाको चार प्रमुख राजनीतिक दलका युवाहरुले साथ दिने भएको छ ।
सफाई अभियानमा सक्रिया सफाई अभियन्ता साहकै नेतृत्वमा नेपाली कांग्रेस , नेकपा , समाजबादी पार्टी र राजपा नेपालबाट २८ जना युवाहरुको सहभागितामा सरसफाई अभियान प्रदेश न २ को मुख्यालय जनकपुरधाममा मँगलबार सम्पन्न भएको हो । सो अभियानमा प्रदेश न २ को बन तथा पर्यटन राज्य मंत्री सुरेश मंडल , प्रदेश साँसद एवम् गँगा सागर सफाई अभियानका सँयोजक राम आशीष यादव , प्रमुख जिल्ला अधिकारी प्रदीप कंडेल , सरसफाई अभियन्ता श्रुति सिंह , सरस्वती श्रेष्ठ , बैधनाथ साह , बजरंग यादव , दीपक ठाकुर , राजेन्द्र यादव , जनकपुर उपमहानगर पालिका वार्ड नं ठ अध्यक्ष जानकिराम साह , वार्ड नं ज्ञ अध्यक्ष शत्रुघ्न साह , बन अधिकृत शुरेश शर्मा , नेपाल प्रहरी , ट्राफिक प्रहरी , रेडक्रोस जनकपुर , यंग लीड को– ऑर्डिनेटर सुरेंद्र मान्नधार , पर्यटन व्यवसायी बीरेंद्र साहको उपस्थितिमा होटल सिताशरण देखि जिरो माइल सम्म सरसफाई गरिएको हो ।
बिभिन्न पार्टी र बिभिन्न जिल्लाको युथ लीडरशिप गत महिनाको नेपालको प्रतिनिधित्व गरेर डेनमार्क मा ८ देशको युवा हरुसंग सहकार्य गरेर आएको बताइएको छ । उनीहरु आफ्नो विदेश भ्रमणको समीक्षा र नेपालको समृद्धिमा युवा नेतृत्व को सामूहिक योगदानको जनकपुर आएको बेला सरसफाई अभियन्ताको आग्रहमा मँगलबारको अभियान भएको बताइएको छ ।
यसका साथै नेपाललाई सफा र सुन्दर बनाएर अंतरराष्ट्रीय जगतमा नेपाली प्रतिको उच्च सम्मान र आंतरिक र बाहरी पर्यटकलाई समेत आकर्षित गर्ने प्रयास भएको जीकिर गरिएको हो । यस अभियानमा सम्मलित भएका बिभिन्न जिल्लाको युवा नेतृत्वले आफ्नो आफ्नो गाउँ , जिल्ला र प्रदेशमा सरसफाईको अभियानको नेतृत्व गर्न सके नेपाललाई निकट भविष्यमै सफा र सुन्दर आकृति दिन सकिने विश्वास व्यक्त अभियन्ता साहले गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…